पीसीआर परीक्षणमा उदयपुरमा ८ जनामा कोरोना पोजेटिभ

आठ परिवारको एक एक जनाको नमुना संकलन गर्दा सबैको कोरोना पोजेटिभ

स्वास्थ्यसमाचार /उदयपुरका ८ जनालाई पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश नम्वर सामाजिक विकास मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

८ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ का स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्र १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा ल्याइएको छ । त्रियुगा त्यहि नगरपालिका हो जहाँ मस्जिदमा रहेका १३ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

सम्बन्धित शिर्षक :