नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ जना थपिए

२४ ,६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखियो

स्वास्थ्यसमाचार/ नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।  धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणका क्रममा २४ ,६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको  जानकारी दिए।

सम्बन्धित शिर्षक :