कोरोना संक्रमण बढेपछि नवलपरासी सीमानाकामा उच्च सतर्कता

स्वास्थ्यसमाचार/कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय…

स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै फर्किन्छु: डा चन्द्र भन्डारी

स्वास्थ्यसमाचार/ भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उहाँले छिट्टै नै स्वदेश फर्किने पनि बताउनुभएको छ। https://fb.watch/jUTrAECP4j/

एचआईभी संक्रमितको समुदायमा पुर्नस्थापना गर्न साझा पहल जरुरी

स्वास्थ्य समाचार/ रुपन्देहीमा रहेका एचआईभी संक्रमितहरुको समुदायमा पुर्नस्थापना गर्न सबैको साझा पहल जरुरीरहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एचआईभी एड्सको विषयमा काम गर्दै आएका सरोकारवाला संघ संस्थारुले एच आईभी शुन्य बनाउनको लागि हातेमालो गरेर लाग्नुपर्ने कुरामा जोड दिएका हुन । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको अर्थिक सहयोगमा एचआईभी एड्स कार्यक्रमको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापाले एचआईभी भएका व्याक्तिहरुको लागि समाजमा पुर्नस्थापना गर्नको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका हुन । समाजमा अहिले पनि एचआईभी लागेको व्याक्तिलाई नराम्रो…

स्वास्थ्यकर्मी संघद्धारा स्वागत बधाई तथा शुभकामना आदान प्रदान

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुनुभएका डाक्टरहरु लाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आयोजनामा स्वागत बधाई तथा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल ईकाई कमिटीका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले अस्पतालमा देखीने गरि काम गर्ने बताउनु भएको छ। अस्पतालमा काम नभएको होईन धेरै…

राष्ट्रिय स्वास्थ्यकर्मी द्धारा नयाँ मेसु डाक्टर र स्वास्थ्यकर्मी लाई स्वागत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुने डाक्टर साथै स्वास्थ्यकर्मीहरूलाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल लुम्बिनीकोे आयोजनामा बधाई र शुभकामना कार्यक्रम गरिएको हो। राष्ट्रिय स्वास्थ्यकमी महासंघ,नेपाल लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश ईन्चाज खगराज पोखरेलको प्रमुख आतित्यमा भएको बधाई र शुभकामना कार्यक्रम वोल्दै नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले लुम्बिनी प्रादशिक अस्पतालको मुहार फेर्ने गरि काम गर्ने बताउनु भएको छ। उहाले अस्पतालमा अहिले मुख्य समस्याका रुपमा बिमा, ईर्मेजेन्सी…

गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त

स्वास्थ्यसमाचार /डा उत्तम पाच्य को काज  बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले डा. जिसीलाई जिल्ला अस्पताल गूल्मीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जिसी ९ औं तहका फिजिसियन डाक्टर हुन् । हाल उनी अर्घाखाची जिल्ला अस्पतालका कार्यरत रहेका छन। डा उत्तम सरुवा भएपछि अस्पतालका कर्मचारीले बिगत २ महिना देखी तलब खाननपाएको बताईएको छ।

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त

स्वास्थ्यसमाचार / डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए । लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/१२/ २० गतेको निर्णानुसार तपाईलाई थप हार्दिक दायित्व नपर्ने गरि अर्को व्यवस्था नभए सम्मको लागि स्वास्थ्यं मन्त्रालय लुम्बिनी मा रिक्त…

लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । थापा १०औं तहका फिजिसियन डाक्टर हुन् । कोरोना संक्रमणकालको सुरुमा प्रादेशिक अस्पतालमा उनले फोकल पर्सनको रुपमा काम गरेका थिए । बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको…

अटिजम भएकामा विलक्षण प्रतिभा पनि हुन्छ : डा. असिम श्रेष्ठ

संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बालबच्चाको संख्या दिनप्रतिदिन बढिरहेको तथ्यांकहरू सार्वजनिक भएका छन् । नेपालमा पनि यसको संख्या बढ्दो नै छ । अमेरिकाको संस्था सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार जन्मेका ५९ जना शिशुमध्ये एकजनामा अटिजमको समस्या हुन्छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान गरिएको छ । नेपालमा अटिजमको आधिकारिक तथ्यांक भने छैन । नेपालमा दुईदेखि साढे दुई लाख मानिसमा अटिजम भएको हुन सक्ने विज्ञहरूको अनुमान रहेको छ । चिकित्सकका अनुसार अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक…

सरकारी चिकित्सकले निजी क्लिनिकमा नाम प्रयोग गर्न नपाउने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक सूचना प्रकाशित गरी निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न भनेको हो । मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विक हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’ मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६,…