कोभिड महामारी परिवर्तन भइरहेको छ समाप्त भएको छैनः डब्लूएचओ

स्वास्थ्यसमाचार/  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लेकोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड-१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।

बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।  

भीममा कोरोना जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्यसमाचार/ कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले…

रुपन्देही बन्यो कोभिड विरुद्धको खोप लगाउने नेपालकै पहिलो जिल्ला

स्वास्थ्यसमाचार  ९ असार रुपन्देही जिल्लामा कोभिड विरुद्धको खोप लगाउने जिल्लामा नेपालमै पहिलो जिल्ला भएको छ । पहिलो चरणको खोप लगाएका जनताले अन्य जिल्लाहरुमा दोस्रो चरणको खोप नलगाएको पाईने गरेकोमा रुपन्देहीमा भने पहिलो र दोस्रो चरणको खोप लगाउनेको संख्या बराबर देखिएको हो । जिल्ला स्वास्था कार्यालय रुपन्देहीको तथ्यांक अनुसार जिल्लामा पहिलो डोज र दोस्रो डोज को कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या अझ बढि देखिएको हो ।जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लाका १ सय २ प्रतिशतले कोभिडको पहिलो र दोस्रो खोप को मात्रा लगाएका छन् । प्रदेशका अन्य जिल्लाहरुमा…

बुटबल उपमहानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार रुपन्देही ८ असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । निति कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले वताए। आयुर्वेद अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु,…

बुटबलमा बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रम

स्वास्थ्यसमाचार/ स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा बुटबलमा बिरामीको सुरक्षा ‘patient  safety ,समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेशभित्रका अस्पताल आयुर्वेद अस्पतालका लगायतका क्षेत्रका चिकित्सक नर्स तथा प्यारामेडीक्सहरु लाई उपचारमा आउदा ‘बिरामीको सुरक्षा कसरी हुन्छ भन्ने बिषयमा समिक्षा तथा गरिएको हो।बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै सचिब डा देबकोटाले पछिल्लो समयमा बिरामीहरुको सुरक्षा विश्वव्यापीरुपमा चुनौति बनिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रालयले लुम्बिनी प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम सुरु…

रुद्रवेणी धाममा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण र औषधी बितरण

स्वास्थ्यसमाचार/  रुद्रवेणी धामका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिएको छ। गुल्मीको सत्यवती गाउँपालिका रहेको उक्त शिबिरमा डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए। उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनाल द्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वृद्धवृद्धाहरुका लागिको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी समेत वितरण गरिएको बिजय खनालले बताए । उक्त वृद्धाआश्रममा बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर आयोजना गरेर वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार र निशुल्क औषधी बितरण गरिदै आएको खनालले बताए।

लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…

नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालमा ज्ञवाली चयन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रादेशिक अस्पतालको इकाई समिती चयन भएको छ। नेपाल स्वास्थ कर्मीसंघ केन्द्रिय उपमहासचिव नेत्र बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको भेला तथा अधिवेशनले भिम ज्ञवालीलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा गीता ज्ञवाली, सागर गौतम, सरिता नेपाल, लता श्रेष्ठ, सचिवमा शिव कुंवर सहसचिवमा माधुरी ज्ञवाली, किरण कुमार शर्मा, सर्मिला ज्ञवाली, कोषाध्यक्षमा कमला राना र सदस्यहरुमा तुल्सा बस्नेत, सृष्टि कोईराला, रमेश न्यौपाने, कृष्ण कार्की, शान्ति थापा, सिरुता कार्की, हिरा घिमिरे, जिन्ता राना, वावुराम राना, कविता थापा, लक्ष्मी गैरे, भगवती पान्डे, बिन्दु पान्डे र गिता पन्थ रहेका छन्। लिलाधर…