बिरामी जाँच, उपचार तथा सरसफाईमा अब्बल बन्दै गुल्मी अस्पताल

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो । जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ । इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको…

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस्मा उपचार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेल बिरामी पर्नुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको अस्तपालले जानकारी दिएको छ । शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपलियाका अनुसार पौडेल आज अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकहरुले उहाँको उपचार गरिरहेको थपलियाले जानकारी दिनुभएको छ ।पौडेल यसअघि पनि बिरामी परी केहीदिन शिक्षण अस्तपालमा उपचार गराएर डिस्चार्ज हुनुभएको थियो।  

स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण भिटामिन ‘ए’ कार्यक्रम स्थगित

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम स्थगित भएको छ। म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको हो ।वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो । २०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए भोली देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य…

कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ । नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड ९उपकरण बाहेक सहितका सामग्री हस्तान्तरण गरिएको छ । उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामग्री सहयोग गरिएको लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताउनुभयो । सर्पदंशको उपचारमा उत्कृष्ट योगदान रहेकाले पहिलो पटक उपकरण सहयोग गरिएको मन्त्री पन्थीले बताउनुभयो । प्रदेश सरकारबाट केन्द्रलाई अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सनट्रेटर ४ थान र बिरामी परीक्षण गर्ने बेड १ थान…

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

स्वास्थ्यसमाचार/ सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क…

लुम्बिनी प्रदेशका दुई अस्पतालमा विकास समिति अध्यक्ष र ८ सदस्य नियुक्त

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका बिकास समितिका अध्यक्ष र ८ अस्पताल बिकास समितिका सदस्य नियुक्त गरेको हो। कुन अस्पतालमा कस्लाई नियुक्त ? लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा अजय श्रेष्ठ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी खनाल प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा बिनय बिराज श्रेष्ठ गुल्मी जिल्ला अस्पताल बिकास समितिको सदस्यमा संजीबनि अर्याल भिम अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी केसी कपिलबस्तु जिल्ला अस्पताल बिकास समितिको सदस्यमा सारदा चपई…

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि…

स्वास्थ्यमा ४ हजार ६सय ६६ दरबन्दी रिक्त ,२०९ कर्मचारी फाजिलमा

स्वास्थ्यसमाचार/ संघीयतापछि भएको कर्मचारी समायोजन व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रका कर्मचारी कहीँ बढी र कहीँ घटी रहेको पाइएको छ। महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो। स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख भएपनि स्वास्थ्य तर्फका २०९ कर्मचारी फाजिलमा रहेको महालेखाले जनाएको छ। स्वास्थ्य तर्फ ३१ हजार ५९२ दरबन्दी रहेकोमा संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ जना कर्मचारी समायोजन भएको र ४ हजार ६६६…

कोरोना संक्रमण बढेपछि नवलपरासी सीमानाकामा उच्च सतर्कता

स्वास्थ्यसमाचार/कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय…