शुद्धोधनमा स्वास्थ्यको वार्षिक समीक्षा: शिशै स्वास्थ्य संस्था उत्कृष्ट

स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकामा स्वास्थ्यको वार्षिक समिक्षा गोष्ठी सम्पन्न सम्पन्न भएको छ।  आ.व. २०७९/८०वार्षिक समिक्षा गोष्ठीमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले वोल्दै स्वास्थ्य सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतमा गम्भीर समिक्षा गर्नुपर्ने वताउनु भयो। उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने वताउनु भयो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकलपोर्सन हिमाल खनालले बार्षिक समिक्षाले आगामी कार्ययोजनामा भएको गतिविधिमा ध्यानाकर्षण गरि वार्षिक योजना हरु लाई प्रष्ट हुने गरि प्रकाशित गर्नुपर्नेमा वताउनु भयो। स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बार्षिक समिक्षा गोष्ठीको उद्देश्यमाथि…

बुटवलमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम

स्वास्थ्यसमाचार/रुपन्देही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र बिषालु सर्पको पहिचान गर्नुका साथै आवश्यकता अनुसार उचित ठाउ मा रिफर गर्नु का साथै आत्मविश्वास दिलाउने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित तिन दिने तालिमको समापन भएको हो। समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल…

रक्तअल्पता र कुपोषण हटाउने सरकारी कार्यक्रम खोई ?

रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ नहरपुरकी पुष्पा परियार १३ असार, २०८० मा प्रसुति भइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य रुपमा प्रसुति भएकी उनको त्यसपछि भने रगत रोकिएन । त्यहीकारण एक साता थप उपचार गर्नुपर्यो । ९ महिना पुगेर जन्मेकी छोरी पनि स्वस्थ थिइनन् । उनको तौल १ किलो २ सय ग्राम मात्र थियो । सुत्केरी भएपछिका १० दिन आमा र शिशुको उपचार गरेपछि मात्रै उनीहरू घर फर्के । धेरै रगत बगेकाले पुष्पा अहिले पनि निकै कमजोर छन् । छोरीको तौल पनि सामान्य बनेको छैन । पुष्पाको शरीरमा गर्भवती भएदेखि नै रगतको…

लुम्बिनी प्रादेशिक अस्पताललाई बिरामी थेग्न हम्मे-हम्मे,क्षमता ५ सय, विरामी २५ सय बढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिका अस्पताल बुटवलको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो । यो अन्तरंग, बहिरंग लगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्ने अवस्था हुन्छ । तर अहिले अस्पतालमा दैनिक सवै क्षेत्रमा गरेर २५ सय भन्दा बढि विरामीले उपचार गराईरहेका छन् । लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएको कारण पनि विरामीहरुको संख्या ह्वात्तै बढेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नायव शुब्बा चिरन्जीवी घिमिरेका अनुसार ५ सय बढी बेड क्षमतामा अस्पताल संञ्चालनमा रहेको छ। अस्पतालमा आईतबारको ओपीडी टिकट मात्रै…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराएका १८ हजार मध्ये १ हजार २० वर्ष मुनिका

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका १२ जिल्ला १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।त्यसअघि आर्थिक वर्षमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याक रहेको छ। गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको…

स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग

स्वास्थ्यसमाचार /स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको बैठकमा यस्तोमाग गरिएको हो। प्रदेश कार्यसमितकाका अध्यक्ष निरञ्जन पोखरेलको अध्यक्षता स्वास्थ्यमन्त्रीका सल्लाहकार हरि पुनको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेषज्ञ आतिथ्यमा सम्पन्न भएको हो। बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु , स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठ वताउनु भयो।

डा. शकुन्तला गुप्ताको प्रयास वाट फेरिएको भिम अस्पतालको पहिचान

भैरहवामा पनि सरकारी अस्पताल छ र ? भन्ने जो कोही पनि अनविज्ञ थिए । बर्षौ पहिला स्थापना भएको भिम अस्पताल ईतिहास बोकेपनि मानिसको सेवामा पनि सहज रुपमा पुग्न सकेको थिएन । पुराना भौतिक पुर्वाधार, कर्मचारी अवाभ सेवा प्रवाहमा ढिला सुस्ती यी भिम अस्पतालका पुराना रोग जस्तै थिए । तर अहिले अस्पतालका यी सबै रोग निको मात्रै भएका छैनन, निर्भलीकरण नै भएका छन् , अर्थात उन्मुलननै भएका छन् ।भिम अस्पतालको नेतृत्वमा पुगेकी एक महिला चिकित्सकको कारण अहिले रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पताले आफ्नो पहिचान नै बदलेको छ । आइपर्ने जुनसुकै…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५६ जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक पाँचौ छैठौ सातौ आठौ तहका अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको सरुवारसरुवा गरिएको हो। सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। मिति २०८०/०४/३१ गतेको (सचिवस्तर) निर्णयबाट सरुवा भएका नेपाल स्वास्थ्य सेवाका विभिन्न तह र पदका कर्मचारीहरको सरुवा सम्वन्धी विवरण । हेरौं कसको सरुवा कहाँ सरुवा विवरण हेर्न यहाँ क्लीक गर्नूहोस्  

मेडिकल शिक्षा पढाउने शिक्षण संस्था बन्द भएको भन्दै सञ्चालहरू आन्दोलनमा

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो । संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर…

लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताउनुभयो । सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिनुभयो । विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको…