लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्दै बैज्ञानिक महावीर पुन

स्वास्थ्यसमाचार/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्न पुगेका छन । उनलाई अस्पतालमा स्वागत गरेका छन। भने उनको किताब किन्न अस्पतालका चिकित्सक नर्स तथा अन्य कर्मचारीको भिड रहेको थियो। किताब बेच्न देश दौडाहमा रहेको पुन आज लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका हुन। आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर गत उनी काठमाडौंबाट निस्केका थिए्। उनी रुपन्देहीका तथा देशका धेरै जिल्लाका बस्ती बस्तीमा किताब बेचेका छन । ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेको चाहिँ लामो समय भएको उहाले…

वातावरणीय स्वास्थ्य र प्रभाव :खिम बहादुर पौडेल

मानिस र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जन्मनासाथ मानिस वातावारणमा प्रवेश गरिसकेको हुन्छ र जीवनभर वातावरणमा रहन्छ ।     मानिसले अनुकुल वातावरणमा आफ्नो वृद्धि, विकास र उन्नतिको अवसर प्राप्त गर्दछ र मृत्यु भएपछी पनि यही वातावरणमा विलिन हुन्छ । स्वस्थ वातावरणले मानिसको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ भने अस्वस्थकर वातावरणले मानिसमा विभिन्न खाले रोगहरु लाग्ने गर्दछ । प्राचिनकालमा वातावरणीय सरसफाइलाइ आरोग्यशास्त्र भन्ने गरिन्थ्यो । समयक्रम संगै यसलाई अरु बिज्ञानहरुलाई जस्तै एउटा महत्वपूर्ण बिज्ञान अथार्त वातावरणीय बिज्ञान भनी नामाकरण गरिएको छ | मानिसको स्वास्थ्यसँग सम्बन्ध राख्ने यसको पक्षलाई वातावरणीय स्वास्थ्य…

लुम्बिनीको नीति कार्यक्रम :सहज स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ। सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा बाल मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ।

महिनाभित्रै लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : मेसु ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । उनले शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गरेका छन् । अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरेका हुन । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५/२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ । दोस्रो कार्यकालका लागि मेडिकल…

लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठक :ओम बानियाँ

नाम सुनेको थिएँ तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । डा. नन्दु मुसुक्क हाँस्दै बोले, ए, म त हजुरको घरमा गएको छु नि २० वर्ष पहिला साइकल चढेर । तपाईको घर चोकबाट पूर्वपट्टि, बाटोको बायाँतर्फ छ है भन्दै नन्दुले मेरो घरको लोकेसन, घरको रंग, कोठा तथा सिढी फेहरिस्त लगाए । त्यसताका नन्दु पाठक बुटवल बहुमुखी क्याम्समा आइएससी पढ्दै रहेछन् र उनी मेरो मामाको छोरा, राम भाइका सहपाठी रहेछन् । त्यसबेला…

लुम्बिनी प्रादेशिक,भिम ,कपिलबस्तु,र परासी अस्पतालका मेसु परिवर्तन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका चार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन। प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा गरेको हो। स्वास्थ्य मन्त्री दिपेन्द्र पुनका अनुसार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वी चन्द्र अस्पताल परासी र डा.शकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ । बिगत लामो समय देखी गुल्मीमा मेसु…

लुम्बिनीका स्वास्थ्य सचिव डा उपाध्यायको पदबहाली र पन्थीको बिदाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले पदभार ग्रहण तथा वर्तमान सचिव डा जनार्दन पन्थीको बिदाई गरेको छ। स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा संघबाट सरुवा भएर आउनु भएको डा उपाध्यायको स्वागत तथा पदबहाली तथा वर्तमान सचिब पन्थीको बिदाई गरेको हो। लुम्बिनीमा सचिब भएर आउनु भएका डा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्थ्यो । पदभार ग्रहण गर्दे डा उपाध्यायले मृत्युदर घटाउन स्वास्थ्य कार्यालय मार्फत चरण बध कार्यक्रमहरु सन्चालन गरिने वताउनु भयो । त्यस्तै उहाले नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न आयुर्वेद कार्यक्रम हरु थप प्रभावकारी बनाउनेस्वास्थ्य क्षेत्रको सुधार गर्दै…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसका कक्षा सञ्चालन गर्न प्राध्यापहरू नियुक्ति प्रक्रिया शुरु

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस कक्षा सञ्चालनका लागि प्राध्यापक नियुक्ति प्रक्रिया थालिएको छ ।विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू गरेको हो । हाल वेसिक साइन्सतर्फका विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको र अब छिट्टै चिकित्सा शिक्षा आयोगबाट पनि प्रतिष्ठानमा एमविविएस सञ्चालनका लागि विशेष अनुगमन हुने उपकुलपति डा। विकास लामिछानेले जानकारी दिनुभयो । एमविविएस कक्षा सञ्चालन गर्न अन्य तयारी पनि तीब्र पारिएको हो । काठमाडौंमा पाठ्यक्रम बनाउन गोष्ठी सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिमरुप दिने तयारी गरेको छ । प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा एमविविएस सञ्चालन भएमा यहाँको आर्थिक,…

नेपालगन्जमा गर्भवती महिलामाथि बोक्सीको आरोपमा कुटपिट

स्वास्थ्यसमाचार/नेपालगन्ज- १२ मुक्तिनगरमा डेरामा बस्दै आएकी महिलामाथि बोक्सीको आराेप लगाउँदै कुटपिट भएकाे छ । बर्दिया बाँसगढी- ४ नेवदा घरभई हाल नेपालगंज उपमहानगरपालिका-१२ मा डेरा गरी बस्ने ३२ वर्षीया मिरा थारु (सार्की) माथि कुटपिट भएकाे हाे । पीडित सार्कीले ६ जनाकाे समुहले आफूमाथि ज्यान मार्ने उद्देश्यले जातीय विभेद गर्नुका साथै बोक्सीकाे आराेपमा निर्घात कुटपिट बताउनु भएकाे छ । उहाँले १२ जनाकाे नाममा ज्यान मार्ने उद्योग, जातीय छुवाछूत र बाेक्सी आराेपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा किटारी जाहेरी दिनु भएकाे छ । मुक्तिपुरमै डेरी गरी बस्ने ४२ की अनिता थापा तामाङ्ग,तामाङ्गकी छाेरीहरू २१…

तीन दिन लुम्बिनी र सुदुरपश्चिम तातो हावा र तातो लहरको सम्भावना

स्वास्थ्यसमाचार/जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ। हिजो ती क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिएको थियो । जेठ १६ देखि १८ गतेसम्म तराईका भू(भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जनाइएको…