कपिलवस्तुमा मंसिर ५ देखि हैजा विरुद्धको खोप अभियान चलाइने

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन हैजा विरुद्धको खोप अभियान चलाइने भएको छ ।मंसिर ५ गतेदेखि १२ गतेसम्मको १० दिन अभियानका रुपमा मुखबाट हैजा विरुद्धको खोप खुवाइने छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउ“पालिकामा असोज १८ देखि हैजा फैलिएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक भ्याक्सीन लगाउन थालेको जानकारी दिएको छ ।उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिको ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न थाल्छ । कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान संञ्चालन हुनेछ ।

कपिलवस्तुमा हैजा फैलिएका पा“चवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने छ । यसकालागि घरदैलोमा स्वास्थ्य स्वयमसेविका परिचालनदेखि माइकिड. र विद्यालयबाट समेत सन्देश प्रवाह गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए । कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । त्यस दिन कृष्णनगरको शिवराज अस्पतालमा ९ जना झाडापखलाका विरामी भर्ना भएका थिए ।

दोस्रो दिन विरामीको संख्या १ सय १३ पुगेको थियो । असोज २२ मा परिक्षणमार्फत उक्त झाडापखला हैजा हो भन्ने प्रमाणित भएको थियो । पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको समेत प्रमाणित भएको छ । कृष्णनगरहुदै अन्य स्थानीय तहमा हैजा फैलिएको हो । यद्यपि सबैभन्दा धेरै विरामी उक्त नगरपालिकामा एक हजार एक सय ७१ जना संक्रमीत भएका छन् । हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमीत भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हाल एक जना उपचाररत छन् ।

हैजा व्यक्तिगत सरसफाई र खानपानमा बेवास्थाका कारण लाग्ने गर्छ । खुला रुपमा दिसा गर्दा दिसाजन्य पदार्थ मुखमा पर्दा हैजा हुन्छ । मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरीन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाइका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए ।

कपिलवस्तुमा हैजा विरुद्धको खोपबारे जानकारी दिन लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनमा डब्लु एचओ आईपिएस युनिसेफ युएनआईसिईएफ लगायका प्रतिनिधि मन्त्रालयका कर्मचारीको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :