क्रिमसन अस्पतालमा १३किलो पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरिएको छ ।देवदह नगरपलिका वडा नं ८ विशालनगरकी ८२ वर्षीया उत्तिमा न्यौपाने विगत १० वर्षदेखि पेट दुख्ने समस्याबाट पीडित भई उपचारको लागि तिलोत्तमा –५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएकी थिइन् ।

उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा निकै ठुलो ट्युमर देखिएको र बढ्दो उमेर अवस्था हेर्दा तत्काल अप्रेशन गर्न कठिनाइ हुनसक्ने चिकित्सकहरूले बताएका थिए ।परिवारका सदस्यहरूसंगको सल्लाह र अनुरोधमा अस्पतालका जनरल सर्जन डा सुदिप सापकोटा, डा ज्ञानप्रसाद पोख्रेल र डा विनेश आनन्द शाक्यसहितको टोलीद्वारा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरी निकालिएको हो ।

उक्त अप्रेशन पश्चात् बिरामीको अवस्थामा निकै सुधार आइसकेको छ भने बिरामीका आफन्तजनहरूले खुसी प्रकट गरेका छन् । आमाको उपचार यहींको अस्पतालबाट सम्भव भएकोमा बिरामीका छोरा मोतिलाल न्यौपानेले उपचारमा संलग्न चिकित्सक कर्मीको टोलीलाई धन्यबाद दिए ।अस्पतालमा यसभन्दा पहिलेपनि यस्ता अप्रशन भैरहेको भएपनि यो अहिले सम्मको ठुलो रहेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए ।

सम्बन्धित शिर्षक :