सरकारद्वारा रेबिज इम्युनोग्लोबुलिनमा नयाँ पद्धतिको सुरुवात

आइतबारदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लागाईने

स्वास्थ्यसमाचार /सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एन्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै इम्युनोग्लोबुलिन सेवा लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पाईने बताए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा सबै प्रदेशमा विस्तार हुने बताए। ‘मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री खतिवडाले भने, ‘ हाललाई ठूला ९ सरकारी अस्पतालबाट उक्त सेवा लिन पाइन्छ।

उनले विस्तारै यो सबै अन्य अस्पतालमा लागू गर्ने बताए।यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा कुकुरको टोकाइबाट ३५ जना भन्दाबढीको वार्षिक मृत्यु हुने गरेको बताए। सरकारले टेकु अस्पतालबाट मात्रै यो सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ।डा. पौडेलका अनुसार रेबिजबाट हुने मृत्यु जोगाउनका लागि इम्युनोग्लोबुलिन एण्टीबडी दिइन्छ । यसलाई विश्व स्वास्थ्य संगठनले अति आवश्यक औषधिको सूचीमा राखेको छ।

‘रेबिज इम्युनो ग्लोबुलिनको आवश्यकता भएका सबै सेवाग्राही उक्त सेवा लिन टेकु आउने पर्ने बाध्यता छ। चिकित्सक भएको प्राथमिक स्वास्थ्य केन्द्र तहबाट नै सेवालिन सकिने अवस्था हुँदाहुँदै पनि टेकु अस्पतालबाट मात्र सेवा प्रदान गर्ने व्यवस्थाका कारण नागरिकको स्वास्थ्य सेवाबाट बञ्चित हुन्थे। जसका धेरै मानिसको मर्न बाध्य थिए,’ मन्त्री खतिवडा भने।

सरकारले २०३० सम्ममा रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको डा. पौडेले बताए। ‘हाम्रो रेबिज हुने मृत्युलाई २०३० सम्म शुन्यमा झार्ने लक्ष्य रहेको छ,’ डा. पौडेलले भने, ‘यो सेवा विस्तारबाट उक्त लक्ष्य चाडैं हासिल गर्ने अपेक्षा लिइएको छ।’ डा. पौडेलका अनुसार काठमाडौंमा १ लाखभन्दा बढी कुकुर रहेका छन्।

के हो इम्यूनोग्लोबुलिन ?
रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जवारको टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइन्छ। सामान्यता एन्टिरेबिज भ्याक्सिन लगाएको ७ देखि १० दिन भित्र मात्र शरिले एन्टिबडी बनाउन थाल्दछ।

एक वा एक भन्दा बढि घाउ हुने गरी टोकेमा, ठूलो घाउ हुनेगरी टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज शंस्कापद जनावरको ¥याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ।

यस्तो टोकाइहरु बढि संवेदनशील हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्कृय बनाइ रेबिजको कारण हुन सक्ने जोखिम कम गर्ने उदेश्यले रेबिज इम्युनो ग्लोबुलिनको सुई दिनुपर्छ। यसको रेबिजभाइरसलाई निष्कृय गराउने हुँदा यो जहिले पनि घाउको वरीपरीको नै लगाइन्छ। रेबिज इम्युनो ग्लोबुलिनको सुई जीवनमा एक पटक मात्र लगाए पुग्छ।

सम्बन्धित शिर्षक :