‘ज्येष्ठ नागरिकको घरदैलोमा औषधी र स्वास्थ्यकर्मि लिएर पुगे :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत तिलोत्तमा १० सेमराबजारमा घर घरमा गई स्वास्थ्य परिक्षण गरिएको छ ।

वडा नं १०को वेबरीमा नगरप्रमुख बासुदेब घिमिरेले जेष्ठ नागरिकलाई पुष्पगुच्छाले स्वागत गर्दे चेकचाज कार्यक्रम सुभारम्भ गरे । मेयर घिमिरेले भने तिलोत्तमा नगरपालिका भित्रका ७१ बर्षमाथिका कुनैपनि नागरिक औषधी र उपचार अभाबले ज्यान गुमाउन नपरोस भनेर यो अभियान सुरु गरेको बताए ।

नगरप्रमुख घिमिरेले भने आफुपनि जनताको प्रतिनिधि भएकोले स्वास्थ्यकर्मिहरु संग नागरिकको अबस्था बुझदै हिडेको छु ।उपचारपछि स्थानिय ७० बर्षिय जेष्ठ नागरिक श्रीराम चौधरीले भने हामीले सच्चा अभिभाबक पाएका रहेछौ घर घरै कस्तो छ के छन समस्या भनेर हिडने यस्तो पो जनप्रतिनिधि हुनुपर्छ उनले भने ।

टोलीमा सेमरा बजार स्वास्थ्यचौकीमा कार्यरत चिकित्सक डा मनबहादुर पौडेल लगायकाएका स्वास्थ्यकर्मीकोले घर घरमा गई ७१ बर्षभन्दा माथीका ‘ज्येष्ठ नागरिक घस्वास्थ्य परीक्षण’ गरि आबश्यक औषधी समेत दिएका छन ।सेमरा बजार स्वास्थ्य चौकीका ईन्चार्ज कमल पान्डेले घर घरमा स्वास्थ्य परिक्षणमा जादा प्रेशर सुगर ग्याष्टीक वाथ तथा अन्य अत्याबश्यक औषधीको दिनुको साथै स्वास्थ्य परिक्षण गरिएको बताए ।

तिलोत्तमा नगरपालिका का १७ वडामै यो नगरप्रमुख जेष्ठ नागरिकहरुका लागी घरमै गएर स्वास्थ्य परिक्षण कार्यक्रम संञ्चालन भैरहेको छ।

सम्बन्धित शिर्षक :