कोभिड खोप प्रमाण पत्रलाई मान्यता दिने नेपाल-भारतबीच सम्झौता

स्वास्थ्यसमाचार/ नेपाल र भारतबीच कोभिड(१९ विरुद्ध दिइएको खोप प्रमाणीकरणको प्रमाण पत्रलाई मान्यता दिने सम्झौता भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा। रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले उक्त सम्झौता(पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार भारतमा कोभिड विरुद्ध खोप लगाएर दिइएको प्रमाणपत्रलाई नेपालमा मान्यता दिइने छ भने नेपालमा खोप प्राप्त प्रमाणीकरण पत्रलाई भारतमा मान्यता दिइनेछ। यससँगै खोप लगाएकाहरुले दुई देशका नागरिकहरुले अब नेपाल(भारत दुवै देशमा आवत(जावत गर्न सहज हुने भएको छ ।

दुई देशबीच खोप प्रमाणीकरणको सम्झौता भएको यो पहिलोपटक हो।

 

सम्बन्धित शिर्षक :