लुम्बिनी प्रदेशले तीन रोगको उपचारमा दुई लाख सहुलियत दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशका नगरिकलाई तीन प्रकारका रोगको उपचारमा दुई लाख सहुलियत प्रदान गर्ने भएको छ।लम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका नागरिकलाई अब तीन प्रकारका रोगको उपचारमा थप दुई लाख सहुलियत प्रदान गर्न लागिएको वताउनु भयो। सचिव डा देवकोटाका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।यी रोगको उपचारमा संघीय सरकारले दिएको सुविधासँगै प्रदेशले थप २ लाख उपचार रकम सहयोग गर्न लागेको हो। ‘लुम्बिनी प्रदेशले यहाँका नागरिकलाई तीनवटा रोगको उपचारमा दुई…

पछिल्लो २४ घन्टामा ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ। देशभर हाल २२ हजार ५८४ जना संक्रिय संक्रमित छन्। १८१ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्दै प्रदेश स्थापना दिवस दाङमा मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य मापदण्ड पालना गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा स्थापना दिवस मनाउन लगिाएको बताए । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको वताए । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने…

माओवादी केन्द्र सिद्धार्थनगरद्वारा बिरामीलाई फलफूल वितरण

स्वास्थ्यसमाचार/ २७ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी भैरहवा, रुपन्देहीले फलफूल वितरण गरेको छ । कमिटीले आइतबार एक कार्यक्रमकाबीच भैरहवास्थित भीम अस्पतालमा फलफूल वितरण गरेको हो । कार्यक्रममा अस्पतालमा उपचाररत ५० जना बिरामीलाई फलफूल वितरण गरिएको माओवादी केन्द्र सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले मुलुकको आमुल परिवर्तनमा महान जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण बहादुर जि.सी. (निर्मल), रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर…

औषधी व्यवसायी तथा समाजसेवी पुनको मष्तिकघातका कारण निधन

स्वास्थ्यसमाचार/  बुटवल क्षेत्रका पुराना औषधी व्यवसायी तथा समाजसेवी खेम पुनको निधन भएको छ ।६० वर्षीय पुनको मष्तिकघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा निधन भएकोे खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए । ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा तथा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । औषधी व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । सोमबार…

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा.श्रीराम तिवारी

स्वास्थ्यसमाचार/ गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार गण्डकी प्रदेश स्वास्थ्य सचिवमा डा. तिवारीलाई जिम्मेवारी दिने निर्णय भएको छ । डा. तिवारी केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा सरुवा भएका थिए । संघीय स्वास्थ्य मन्त्रालयले यसअघि गण्डकीको स्वास्थ्य सचिवका लागि डा. अनुज भट्टचनलाई सिफारिस गरेको थियो । तर, झण्डै दुई महिना बितिसक्दा पनि उनको सिफारिसमा निर्णय भएको थियो । डा. अनुजलाई सोमबारै नै प्रदेश नं. १ को स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ ।

६ जिल्ला र १०९ स्थानीय तहले पठाएनन् कोरोनाविरुद्धको खोपको विवरण

स्वास्थ्यसमाचार/कोभिड(१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । मन्त्रालयले प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा यकिन गरी छानबिन प्रक्रियालाई सघाउनसमेत अनुरोध गरेको छ । माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको विवरणसमेत २६ माघसम्म पठाउन…

भीम अस्पतालद्वारा कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार /भीम अस्पताल भैरहवाले जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गर्दै शिविर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् ।कारागारमा रहेका ४४७ जना कैदीबन्दीमध्ये २०२ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन् । शिविरमा छाला, रुघाखोकी, मधुमेह, मानसिक, आँखा, दन्त, पेट दुख्ने लगायतका समस्या भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । शिविरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, मेडिकल अफिसर डा. राजु रौनियार, आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मा, सिनियर अहेव जनकराज पन्त, फार्मासिष्ट पार्वती चौधरीको…

रक्तसञ्चार सेवा केन्द्न बुटबलको संयोजकमा कृष्ण पंगेनी

स्वास्थ्यसमाचार/ रक्तसंचार केन्द्र बुटवलको संयोजकमा सामाजिक अभियन्ता तथा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन भएका छन् । लामो समयदेखि रेडक्रसमा रहेर समाजसेवामा क्रियाशिल पंगेनीलाई रक्त संचार केन्द्रको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका आधाभन्दा बढी जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्त संचार केन्द्र बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेवारी दिएको हो ।रक्त संचार केन्द्र नेपाल रेडक्रससंग आबद्ध संस्था हो । पंगेनीले संयोजकचयन भएसंगैको पहिलो बैठकवाट सडक मानवहरुका लागि पूर्ण निःशुल्क रगत वितरण गर्ने निर्णय गरेको बताए । रगत व्यवस्थापनमा लाग्ने व्याग, रिरिज लगायतको…

थप १ हजार ७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। यसैगरि सोही अवधिमा थप चार हजार ७७१ जन संक्रमणमुक्त…