स्वास्थ्यसमाचार/ गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ ।
साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालमा उपचार सेवा लिन आउने नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारी तथा सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा औषधी तथा सर्जिकलमा १० प्रतिशत छुट दिने भएको हो । त्यस्तैगरी अस्पतालमा उपचार हुने अप्रेशन, बेड, ल्याब टेष्ट,ईसीजी, युएसजीलगायतका स्वास्थ्य सेवाहरुमा २० प्रतिशत सम्मको छुट सुविधा प्रदान गरिएको ई. सागर भुसालले बताए ।
अस्पतालले विभिन्न समयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य शिविर गर्दै आईरहेको छ । स्वास्थ्यलाई विशेष ध्यान दिदै लुम्बिनी प्रदेशका इन्जिनियर्स एशोसियसनका सदस्यहरुलाई पनि यो सेवा तथा सहुलियत उपलब्ध गराइएको हो । यो सम्झौता पछि आफ्ना संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचारका लागि सहुलियत रकममा गुणस्तरीय सेवा प्रदान गरी सदस्यलाई सहजता प्राप्त हुने एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष लम्सालले बताए ।
प्रतिकया दिनुहोस्