बुटवलमा अस्वस्थकर मासु विक्री गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना

स्वास्थ्यसमाचार/ बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ ।

पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले वताए ।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए ।

अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको बताए ।साथै उनले दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्रि गरेको पाइए ५० हजार जरिवान हुने र त्यस पछि पनि बध नगरिएको विक्रि गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्रि वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरे ।नगरपालिकाले लामो समय देखि मासुन्य बस्तु(खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू समेत गरिसकेको छ ।

सम्बन्धित शिर्षक :