नियमित सेक्स फाईदै फाईदा, कारण जान्नूहोस् !

स्वास्थ्यसमाचार । यदि तपाई सेक्स केवल आनन्द र सन्तान उत्पादनको लागि मात्र हो भन्ने सोच्नु हुन्छ भने गलत हुनुहुन्छ । वयष्क मानिसहरुको लागि असल मात्र हैन धेरै कुराको लागि उपयोगि पनि छ । नियमित सेक्सको फाइदाहरु यस प्रकार छन् : १) तनावलाई घटाउँछ : धेरै मानिसहरु विभिन्न कारणले गर्दा तनवमा हुन्छन् । नियमित सेक्सले मुड मात्र ठिक पार्दैन कि यस्ता तनावबाट मुक्त गराई खुसी पनि प्रदान गर्दछ । साथै तनावलाई सजिलै घटाउन पनि मद्दत गर्दछ । २) दुखाई कम गराउँछ : तपाईको टाउको दुखेको होस् वा कुनै कारणले शरीर दुखेको…

राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?

यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दहरूको प्रयोग गरिन्छ। सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन हुन थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ। अर्कातिर यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ,…

निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

काठमाडौं- कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ। निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनमा खुसी देखिएको हो। चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ। यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई…

लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…

बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १६महत्वपूर्ण कार्यक्रम

स्वास्थ्यसमाचार /सरकारको नीति तथा कार्यक्रमम स्वास्थ्यका महत्सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् । १. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । २. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान…

गण्डकी प्रदेशले महिलाको प्रजनन क्यान्सर उपचारमा ५० हजार दिने

स्वास्थ्यसमाचार/गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बुधबार गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारी र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । सचिव तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए । गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने प्रदेश सरकारले जनाएको छ ।

विश्वमा पहिलोपटक एचआईभी संक्रमित महिला निको

बीबीसी/अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई रोगमुक्त बनाउन सफल भएका छन् ।ती महिला एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावी गरिएको छ । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ। उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्।तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्। बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार…

सैनामैनाको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ । शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा…

प्रदेश ५मा सुरक्षित गर्भपतन गराउनेको संख्या कोरोनाले घटायो

स्वास्थ्यसमाचार/ कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या घटेको छ । सरकारी तथ्याकले गतवर्षको तुलनामा २६ प्रतिशतले सेवाग्राही घटेको जनाएको हो । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्रम शुरु गरेका छन । प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्याक केलाउदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वास्थ्य निर्देशनालयका प्रजनन् स्वस्थ्य सेवाका फोकलपर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष २०७४ /२०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल…