‘जोखिम मोलेर गर्भपतन गराउँछन् स्कुले किशोरीहरु’

नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजाय हुनसक्छ। त्यस्तै प्रचलित कानुनले भ्रुणको लिंग पहिचान गरेर त्यसको आधारमा गरिने गर्भपतनलाई अपराध मानेको छ। अहिलेसम्म पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या…

२लाखमा गरिएको परीक्षणमा १५ सय बढीमा एचआईभी एड्स संक्रमण

स्वास्थ्यसमाचार/नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो। सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमित लाई एण्टी रेट्रो भाइरल ट्रिटमेन्ट  (एआरटी ) केन्द्रबाट औषधि वितरण गरिएको छ। गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने…

तिलोत्तमामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको ’स्क्रिनिङ’

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । जेठ २ गते बाट सुरुवात भएको शिविर आनन्दवनबाट सुरुवात भएको थियो । सोही अनुसार शंकरनगर स्वाथ्य चौकीमा शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो । उहाले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार नगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो। प्रमुख प्रशासकिय अधिकृत अर्यालले समयमा नै परिक्षण गरेर जानकारी भएमा जटिल प्रकृतिको क्यान्सर लगायतका यौन तथा…

मानव जीवन चक्र र स्वास्थ्य – खिम बहादुर पौडेल

मानव बिकासका चरणहरु र स्वास्थ्य मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ |  ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो  | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराएका १८ हजार मध्ये १ हजार २० वर्ष मुनिका

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका १२ जिल्ला १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।त्यसअघि आर्थिक वर्षमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याक रहेको छ। गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको…

राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?

यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। यौन समस्याबारे खुल्दुली हरेक मनमा आउछन र त्यसबारे खुलेर बाहिर कुरा गर्न अठ्यारो लाग्नु पनी स्वभाविक हो | प्रायजसो किशोर अवस्थाको उमेरमा  निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुखको पनी अनुभूति गर्नसक्छन। निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emissions जस्ता शब्दहरूको प्रयोग गरिन्छ। सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि…

मायादेवी ८मा किशोरीहरुलाई प्रजनन् स्वास्थ्य समन्धि तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबी गाउँपालिकामा वडा नं ८को आयोजनामा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको छ। वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको बिषेश आतिथ्यमा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको थियो ४५ जना किशोरीहरु सहभागी तालिममा डा नम्रता चौधरी नर्सिड अधिकृत शर्मिला शर्मा सुआहारा दोश्रोकार्यक्रमका पोषण अधिकृत दुर्गा रानाले किशोरीहरुलाई प्रजनन् स्वास्थ्य महिनामारी चक्र महिनामारीमा देखीने समस्या लैंगिक हिंसा  वालबिवाह किशोरी अबस्थामा पोषणको महत्वबारे प्रशिक्षण दिईएको आधारभुत स्वास्थ्य सेवाकेन्द्र मायादेबि ८का प्रमुख भाष्कर आत्रेयले बताउनु भयो। तालिम शिक्षा तालिमकेन्द्र बसडिलवामा…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

एचआइभी संक्रमितका लागि स्थानीयतहवाट सहयोगको आवश्यक

गुल्मी / गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमितहरुका लागि स्थानीयतहको बिशेष सहयोगको आवश्यक रहेको बताएका छन् । आप्रवासी तथा तिनीहरुको दम्पत्तीको लागि एचआइभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालासँग समन्वय तथा समीक्षा बैठकमा उनीहरुले यस्तो बताएका हुन् । स्वास्थ्य कार्यालय गुल्मीका एआरटी प्रमुख पुष्कर घिमिरेले आर्थिक अवस्था कमजोर र भौगोलिक दुरीका कारण सदरमुकाम देखि टाढा रहेका संक्रमितहरूलाई भाइरल लोड परीक्षण गर्न समस्या हुने गरेको बताउनुभयो । जसका कारण संक्रमित बिरामीहरूले औषधी सेवन गर्न बीचमै छोड्ने गरेका छन् । सहजताका लागि स्थानीय तहहरुले बिशेष सहयोग गर्नुपर्ने देखिएको उहाँको भनाइ छ…