प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि

स्वास्थ्यसमाचार/ प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ ।आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो । प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको…

यौनइच्छा बढाउने ८ खानेकुरा

मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…

बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ ।   अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको…

कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…

बुटबलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवलमा छाला तथा यौन, कुष्टरोग र सौन्दर्यसँग सम्बन्धित रोगहरुको उपचारका लागि  अस्पताल संचालनमा आएको छ । एक करोड ९५ लाख ८० हजारको लगानीमा बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संचालनमा आएको हो । ६ जना विषेशज्ञ सहितको अस्पतालमा छाला तथा यौन रोग, कुष्टरोग, नङ, कपाल आदिहरुमा देखिने रोगहरुको उपचार हुन्छ । त्यस्तै, सेन्टरमा लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनाबश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचारसमेत हुने अस्पतालका अध्यक्ष यम बहादुर थापा मगरले बताए । लुम्बिनी स्कीन एण्ड लेजर…

कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण

स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए । स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…