स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो–रेम्डेसिभिर कोभिड उपचारका लागि ठिक

स्वास्थ्यसमाचार /देशभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा गम्भीर बिरामीको बढेको चाप छ ।

तर, संक्रमण फैलिएको लामो समय बितिसक्दा यसको उपचार पद्धति पत्ता लागको छैन भने जसका कारण विश्व नै चिन्तित बनेको अवस्था छ । यस्तो अवस्थामा कोभिड—१९ का गम्भीर बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि र प्जाज्मा थेरापी विधिबाट उपचार गरिँदै आएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार गर्दा ४ दशमलव ८ प्रतिशतलाई मात्रै साइड इफेक्ट भएको पाइएको बताएको छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि रेम्डेसिभिरलाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको अवस्थामा परिषद्को अध्ययनले भने फरक नतिजा देखाएको हो । नेपालमा गम्भीर लक्षणसहितका बिरामीको उपचारमा सो औषधिको प्रयोग भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै कालोबजारीमा समेत धमाधम बिक्री भइरहेको छ ।

गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधि सेवन गराए पनि कतिपयको ज्यान जोगाउन नसकिएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यस औषधिको सेवनपछि बिरामीलाई भेन्टिलेटरमा लैजान नपर्ने, चाँडै निको हुने भनिएपनि पछिल्ला अध्ययनले त्यस्तो नदेखाएको संगठनको भनाइ छ ।

सम्बन्धित शिर्षक :