अर्थमन्त्री पौडेलले संसद् विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्चिने

लुम्बिनी प्रादेशिकअस्पतालमा रोटरी क्लबकोे सहकार्यमा क्यान्सर स्क्रिनिङ सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेल यो वर्ष संसद विकास कोषका बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएका हुन् ।

विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन, बुटवल उपमहानगर पालि का वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ लाई, १ करोड ५० लाख रहेको छ।स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)–२०७७ ले अन्तर्गतको बजेट हो ।

उक्त समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख/अध्यक्ष सदस्य रहने व्यवस्था अर्थमन्त्रीका स्वकीयसचिव यम पाण्डेले बताए ।

सम्बन्धित शिर्षक :