लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना स्वाव संकलन बुथ हस्तान्तण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना स्वाव संकलनगर्नका लागी सहज होस भनेर बुथ निमार्ण गरिएको छ । युथ फोर नेशन र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको सहकार्यमा बुथ निमार्ण गरिएको हो ।

आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राई र मेसु डा राजेन्द्र प्रसाद खनाल लाई हस्तान्तण गरिएको छ ।हस्तान्तण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राईले यो युथ फोर नेशनले बनाएको बुथबाट कोरोना संक्रमितिको स्वाव संकलन गर्न सहजहुने बताए ।

उनले सामाजीक कार्यको लागी अस्पताल संग सहकार्य गरेकोमा खुसी ब्यक्त गर्दे सधै सहकार्यको लागी अस्पताल खुल्ला रहेको बताए ।कोरोना जाच गर्न आउने बिरामी को सुबिधा को लागि यो निकै उपयोगी हुने अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

युथ फोर नेशन को सहयोगमा निर्माण गरिएको यो वुथ पोजेटिव प्रेसर भएको वुथ जसले स्वास्थ्य कर्मीहरुलाई संक्रमण हुनु बाट जोगीन निकै उपयोगी हुने माइक्रोबाईलोजिस्ट राम बहादुर खड्काले वताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :