महिला संघको स्थापना दिबसमा स्त्री, स्तन तथा पाठेघर र क्यान्सर रोग समन्धी प्रशिक्षण

स्वास्थ्यसमाचार/रुपन्देही नेपाल महिला संघ रुपन्देहीले ७२ औ स्थापना दिवश महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी मनाएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य सचेतना सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरीएको संघका अध्यक्ष गंगा शाहीले वताईन । कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्तन तथा पाठेघरको क्यान्सर रोग लगायतलका बिषयमा महिलाहरुलाइ प्रशिक्षण दिएको थियो। कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताको अधिकार संविधानमा स्थापित भएपनि वर्तमान सरकारले कार्यान्वयनमा आलटाल गरेको वताए । सरकारले लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा वितिष्णा पैदा गराएर एक दलिय शासनको अभ्यासमा…

स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको छौ :समाजीक बिकास मन्त्री बराल

स्वास्थ्यसमाचार/प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको बताएका छन । महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिमको बुटवलमा समापन कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री बरालले उक्त कुरा बताएका हुन। मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य निति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिवार्य र पब्लीक हेल्थका कार्यक्रम गाउँ केन्द्रीत गर्ने गरि तिन काम यस बर्ष शुुरु गर्ने बताए । काम गर्न भन्दा पहिला निति नियमको आवश्यक रहेकोले स्वास्थ्य नीति बनाई तत्काल लागु गर्ने, कक्षा १ देखी १० कक्षासम्म स्वास्थ्य बिषयलाई ऐच्छिक भए अनिवार्य बनाउने…

स्तनपान सप्ताह शुरु ­: आमा र शिशु दुबैलाई फाइदा

शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ ।  अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान…

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले ४० जना छात्रालाई अहेब र अनमी पढाउन छात्राबृद्धि दिने

स्वास्थ्यसमाचार/प्रदेश सरकार प्रदेश नं ५ समाजीक बिकास मन्त्रालयले मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका ४० जना छात्रा लाई अहेब र अनमी पढनको लागी छात्राबृद्धि उपलब्ध गराउने भएको छ । ५नं प्रदेश भित्र रहेका ४० जना मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्रा हरुलाई अहेब र अनमी पढाउन छात्रा वृद्धि उपलब्ध गराउने भएको हो। प्रदेश नं ५ भित्र स्थायी बसोबास गर्ने छात्राहरुले कक्षा दश टि/ एसएलसी पास गरेका छात्राहरुले सामाजीक बिकास मन्त्रालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ । प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले भने मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका…

ओमसतिया गाउँपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयसेबिकालाई सम्मान

स्वास्थ्यसमाचार/ ओमसतिया गाउपालिका रुपन्देहीले आर्थिक बर्ष २०७४र७५ मा उत्कृष्ट सेवा गरे बापत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई सम्मान गरेको छ । रुपन्देहीमा आयोजित सम्मान कार्यक्रममा राम्रो काम गरे बापत विभिन्न सस्था अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वम सेविका लाई सम्मान गरेको छ । नेपालको दुरदराजमा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा पनि स्वमसेविकाले स्वास्थ्य स्थिति सुधारमा महत्वपूर्ण योगदान दिएका छन ।महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयले आ।व २०४५र४६ मा २८ वटा जिल्ला बाट सुरु गर्दै ७७ ओटै जिल्लामा लागू गरेको छ । कुनै सेवा सुबिधा बिना स्वयसेवक रुपमा अहोरात्र खटिने गरेका महिला स्वास्थ्य स्वमसेविका स्वास्थ्यको…

तिलोत्तमामा गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गरेका छन । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २सय ४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले वताए । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा…

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, कृषि उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख शिवराज सुवेदी द्धारा…

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

हरि बाँस्तोला   काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित…

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…

सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे । विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको रुपमा कार्यरत उमेरको हदबन्दी पुगेर बिदाई हुनहुने ३ स्ंवयसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप नगद २० हजारका दरले सम्मान गरिएको छ । जसमा महिला स्वास्थ्य स्वंयसेविका वडा न९ बाट पवित्रा चापागाई,वडा नं ११ बाट चन्द्रकला ज्ञवाली र…