रुपन्देहीमा क्रिटिकल केयर सम्बन्धी चारदिने नर्सिङ तालिम सुरु

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजना तथा एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरको सहयोगमा क्रिटिकल केयर सम्वन्धी चार दिने तालिम युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल रानिगाँउ भैरहवामा सुरु भएको छ । चार दिन सम्म चल्ने यो तालिममा रुपन्देही, नवलपरासी र पाल्पामा रहेका सरकारी तथा निजि अस्पतालमा कार्यरत १ सय २० जना नर्सिङ स्टाफहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । नर्सिङ कलेजमा प्रध्यापन गराउने लेक्चरलहरुको समेत तालिममा सहभागिता जनाउने छन् । एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा…

तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम

स्वास्थ्यसमाचार ९ मंसिर / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ । नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको…

जनताको घर दैलोमा रातदिन खट्ने स्वयंसेविकालाई छैन निःशुल्क उपचार

बिन्दु भट्टराई स्वास्थ्यसमाचार /आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् । अरुको उपचारमा खटिने, तर आफ्नै औषधी उपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकि राधिका पाण्डेले स्वयंसेविकाको रुपमा काम गर्न थालेको २४ वर्ष भयो । २०५२ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रहेकी उनले सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए आफूजस्ता थुप्रै स्वयंसेविकालाई राहत मिल्ने बताउँछिन् । “अरुको उपचारमा खटिंनुपर्दाको पीडा त…

गुल्मीको अर्जे र अर्खबाङ्ग जिरो होम डेलिभरी गाउँ घोषणा

स्वास्थ्यसमाचार अनलाईन। गुल्मी, १७ कार्तिक । गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पुर्ण संस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आइतबार मालिका गाउँपालिका ४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरेका हुन । मालिका गाउँपालिका वडा न ४ र ६ का गर्भवतीहरु घरमा सुत्केरी हुन छाडेपछि घोषणा गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिष्टले नागरिकलाई स्वास्थ्य र शिक्षाको अवसर गाउँमै पु¥याउन सरकार योजनाबद्ध रुपमा लागेको बताए । उनले जनताको समृद्धिको सपना पुरा…

प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि

स्वास्थ्यसमाचार/ प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ ।आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो । प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको…

पाल्पाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा

स्वास्थ्य समाचार/प्रदेश नं ५ को पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । प्रदेश नं ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बिच  गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा गरे। मन्त्री बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री बरालले…

कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…

कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण

स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए । स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र…

माछो -माछो भ्यागुतो भो समायोजन ?

राधिका खनाल अनमी छैठौ सबैको हित गर्ने सुपाच्य भोजन माछो माछो भ्यागुतो भोे समायोजन। नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर। पहिले भन्दा लथालिङग भयो आखिर । पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो । तिम्रै नाम जपी जपि तिज आईसक्यो । नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो। निहु बनाई बस्यौ तिमी कुन्नी के के हो । यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो मनोरोगी धेरै भए कसो गर्ने हो। अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा । जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा। चौथो देखी छैठै…

सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…