असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न सबैसंग समन्वय र सहकार्य :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी माघको पहिलो हप्ता देखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्धारा आज बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्नुपर्ने भन्दै मन्त्री बरालले २० बर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा खराब संकेत भएको टिप्पणि गरे । सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न मन्त्रालयले…

निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढी महिलाको पाठेघर र स्तन क्यान्सर जाँच

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने नि ः शुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए । उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले…

यौनिकता शिक्षालाई प्रभावकारी बनाउन दृष्टिकोणमा परिवर्तन स्वास्थ्य निर्देशक : गिरी

स्वास्थ्यसमाचार/ बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी बुटबलमा सुरु भएको छ।नेपाल परिवार नियोजन संघद्धारा सचालित यु.एन.एफ.पिए परियोजना द्धारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन। कार्यक्रमक प्रमुख अतिथि प्रदेश ५का स्वास्थ्य निर्देशक डा.बिनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा बताए।यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा…

स्त्रीरोग बिशेषज्ञ काममा नफर्किदा स्वास्थ्य सेवा प्रभाबित

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला अस्पतालमा दरबन्दी भएका चिकित्सक नहुदा बिरामीहरु सेवाबाट बञ्चित हुने अवश्था आएको छ । भैरहवा स्थित जिल्लाको सरकारी अस्पताल भिम अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौ देखि कार्यालयमा जानकारी नै नगराई गायब रहेको पाईएको छ । स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएको उनि यहा नभएको कारण उपचारमा अप्ठ्यारो आएको अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय निकै सुधारात्मक अवश्थामा देखिएको भैरहवा भिम अस्पतालको सेवा थापाकै कारण ओझेलमा पर्दैछ । दरबन्दी देखिएकोले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन नविन दर्नालको भनाई छ । दरबन्दी…

नान रुपन्देहीद्धारा नर्सहरुलाई एक दिने स्कील डेभलपमेन्ट तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीका बिभिन्न सरकारी सामुदायीक तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको छ । नेपाल नर्सिड एसोसिसियन नेपाल ‐नान)रुपन्देही शाखाको आयोजनामा नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको हो । कार्यक्रममा नान केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथी डा तारा शाहले नर्सहरुले सेवा दिदा मुस्कान सहितको सेवा दिनुपर्ने बताईन । डा शाहले नर्सहरुको क्षमता अभिबृद्धि गर्न सरकारले नयाँ किसिमका तालिम दिनुपर्ने समेत बताईन । केन्द्रिय उपाध्यक्ष डा शाहले नर्सिड पेशा अहिले कतातिर गैरहेको के गरे यसले राम्रो उपलब्धी हासिल गर्न सक्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनको…

प्रदेश ५मा नबजात शिशुको मृत्युदर घटाउन यसै बर्ष ४सय नर्सलाई एसबिए तालिम :-मन्त्री बराल

स्वास्थ्यसमाचार/ नबजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ। गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो। अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन। मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक बिकास मन्त्रालयले गरेको बताए । उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने बताए। मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास…

निःशुल्क स्वास्थ्य शिविरमा एकहजार बढीको परीक्षण

स्वास्थ्यसमाचार /लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित आमामा निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रशासक प्रशान्त श्रीवास्तवले बताए । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम लैजानु उदाहरणीय रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले सरकारले गर्नुपर्ने काम लायन्स…

महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको खम्बा: उपमेयर चौधरी

स्वास्थ्यसमाचार /‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस तिलोत्तमा नगरपालिकाको सेमराबजार स्वास्थ्य चौकीमा पनि मनाइएको छ । समुदायको बिच बिचमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम् रहेको बताउदैे स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका छन। कार्यक्रममा बोल्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको बताईन। घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्,समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् र सानातिना रोगहरुको उपचार विधि बताउँछन् यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा भएको हुन ।चौधरील स्वयंसेविकालाई राज्यले…

स्वास्थ्यस्वयम सेविकालाई मासिक पाँचसय यातायात खर्च

स्वास्थ्यसमाचार /महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे…

अब देखि एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

स्वास्थ्यसमाचार । ओखलढुङ्गाको एक गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यहाँको सुनकोशी गाउँपालिकाले यस्तो निर्णय लिएको हो । गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा एकल महिलाको उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने नीति ल्याएको हो । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याइएको बताए । उनले ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिला र जटिल प्रकृतिका रोग लागेकाहरुलाई पनि औषधि उपचार गर्ने नीति गाउँपालिकाले लिएको पनि बताए…