स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको छौ :समाजीक बिकास मन्त्री बराल

स्वास्थ्यसमाचार/प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको बताएका छन ।

महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिमको बुटवलमा समापन कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री बरालले उक्त कुरा बताएका हुन।
मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य निति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिवार्य र पब्लीक हेल्थका कार्यक्रम गाउँ केन्द्रीत गर्ने गरि तिन काम यस बर्ष शुुरु गर्ने बताए ।

काम गर्न भन्दा पहिला निति नियमको आवश्यक रहेकोले स्वास्थ्य नीति बनाई तत्काल लागु गर्ने, कक्षा १ देखी १० कक्षासम्म स्वास्थ्य बिषयलाई ऐच्छिक भए अनिवार्य बनाउने र नभएको भए लागु गर्ने र पव्लीक हेल्थका काम अहिले बढी शहर केन्द्रीय भएको र त्यस्ता कार्यक्रमलाई गाउँ केन्द्रीत गर्ने बताए । शहरमा आवश्यक भन्दा बढी हेल्थका कार्यक्रम भएको र गाउँमा कार्यक्रम नै भएको कारण पव्लीक हेल्थका कार्यक्रम गाउँ केन्द्रित गर्ने बताए।

मन्त्री बरालले स्वास्थ्यको पँहुच कम भएको क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिम जनताको घरदैलोमा पुगेर सेवागर्ने उदेस्यले यो कार्यक्रम शुरु गरिएको बताए । गाउँँमा गएर जनताको घर दैलोमा सहज रुपमा स्वास्थ्य सेवाउपलब्ध गराउन महिला स्वास्थ्य स्वयम सेबिकालाई निर्देशन समेत दिए । स्वास्थ्य स्वयम सेबिकाकालाई नेपालमा मात्र नभएर अरु देशले पनि महत्वका साथ हेरेको प्रसंग उल्लेख गर्दै यस क्षेत्रलाई सुधार्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने आग्रह गरे ।
मन्त्री बरालले स्वयमसेबिकाको सेवा सुबिधालाई सम्भब भएसम्म प्रदेश सरकारले प्राथामिकता दिने बताए ।

समापन कार्यक्रममा बोल्दै सामाजीक बिकास मन्त्रालयका सचिब कृष्णप्रसाद ज्ञवालीले महिला स्वास्थ्य स्वयम सेबिकाले गाउँँमा डाक्टरको भुमिका निर्बाह गरेको बताए । गाउ पहिलो पटक बिरामीको घरमा पुग्ने महिला स्वास्थ्य स्वयम सेबिका नै भएकोले तपाईहरुले गाउका डाक्टरको भुमिका निर्बाह गर्नु भएको छ। सचिब ज्ञवालीले स्वयमसेबिकालाई भने तपाईहरुले १महिला सम्म एडभान्स तरिकाले सिकेको सिप ब्यवाहरमा लागु गरेर गाउँँ गाउँँ गएर सेवा दिन आग्रह गरे।

सचिब ज्ञवालीले स्वयम सेबिकाले गाउँँमा उपकरण किट जस्ता आबश्यक समाग्रीहरु स्थानिय तहका जनप्रतिनिधि संग समन्य गरेर जनतालाई सेवा दिन आग्रह गरे ।
समापन समारोह बोल्दै महिला स्वास्थ्य स्वयसेबिका भबिन्द्र रोक्काले सबै महिला स्वास्थ्य स्वयम सेबिकालाई एडभान्स तालिम दिनुपर्ने बताईन।देसमा महगी बढेको भएपनि स्वास्थ्य स्वयमसेबिकाको भत्ता पुरानै भएकोले बढाउन आग्रह गरिन ।

समारोहमा प्रशिक्षक जमुना पन्थीले १ महिनामा १८ दिन प्राटीकल र १२ दिन थेयुरी गरि उनीहरुलाई तालिम दिएको बताए ।प्राटीकलमा लुम्बिनी प्रादेशीक अस्पतादेखी देबदह कपिलबस्तु तथा आमा समुह जस्ता ठाउमा लगेर उनीहरुलाई तालिम दिएको बताईन ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबर को अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरी प्रदेश स्वास्थ्य आपुर्ति निर्देशक दिनेश कुमार चापागाई सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायको सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन पशुपति आर्चायले गरेका थिए ।

सम्बन्धित शिर्षक :