महिला संघको स्थापना दिबसमा स्त्री, स्तन तथा पाठेघर र क्यान्सर रोग समन्धी प्रशिक्षण

स्वास्थ्यसमाचार/रुपन्देही नेपाल महिला संघ रुपन्देहीले ७२ औ स्थापना दिवश महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य सचेतना सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरीएको संघका अध्यक्ष गंगा शाहीले वताईन ।
कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्तन तथा पाठेघरको क्यान्सर रोग लगायतलका बिषयमा महिलाहरुलाइ प्रशिक्षण दिएको थियो।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताको अधिकार संविधानमा स्थापित भएपनि वर्तमान सरकारले कार्यान्वयनमा आलटाल गरेको वताए । सरकारले लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा वितिष्णा पैदा गराएर एक दलिय शासनको अभ्यासमा लागेको दावी गरे । देशमा भएका हरेक महत्वपुर्ण परिर्वतन तथा उपलब्धी प्राप्तीमा महिला संघको भुमीका महत्वपुर्ण रहेको बताए।

महिला संघ रुपन्देहीकी अध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाली काँग्रेस महासमिति सदस्य बालकुमारी भण्डारी, जमुना ढकाल लगायतले बोल्दै देशमा भएका राजनीतिक, सामाजिक, आर्थिक लगायतका महत्वपुर्ण परिर्वनमा महिला संघको योगदान महत्वपुर्ण रहेको वताए । सोही अवसर पारेर हरितालिका तीज मिलन कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित शिर्षक :