स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखाको निर्देशक हिराकुमारी निरौलालाई वीर अस्पतालमा सरुवा गरी नयाँ निर्देशकको जिम्मेवारी बन्दना थापालाई दिनुभएको हो ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत थापालाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो ।
निरौला र थापा दुवै स्वास्थ्य सेवातर्फका एघारौँ तहका नर्सिङ अधिकृत हुनुहुन्छ ।
मन्त्री मेहताले गत शुक्रबार गरेको निर्णयअनुसार थापाले विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व सम्हाल्नुहुनेछ ।
महाशाखाले नर्सिङ सेवाको व्यवस्थापन, नर्सिङ जनशक्तिको परिचालन तथा सेवा विस्तारसँग सम्बन्धित विषयमा विभागअन्तर्गत रहेर काम गर्दै आएको छ ।


प्रतिकया दिनुहोस्