अर्थोडेन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु

रुपन्देही २७ भाद्र ओठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी काम गर्ने चिकित्सकहरुहको अन्र्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओँठ तथा तालुको खुडेपाना र डेन्टल सम्बन्धी विद्याबारिधी गरेका चिकित्सकहरुको सहभागीता रहेको छ । तिलोत्तमा–१७ कोटिहवामा रहेको टाईगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले आयोजना गरिएको हो । १० औं अन्तराष्ट्रिय सम्मेलन नाम दिएको सेमिनारमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले विशेष प्रस्तुतीकरण समेत गरेका छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय…

रुपन्देहीमा डेंगुका ७० बिरामी फेला ,एक बेडमा ३ जना बिरामी ,डेंगुपरिक्षण किटको अभाब

स्वास्थ्यसमाचार /रुपन्देहीमा भाईरल ज्वरोसंगै डेंगुका बिरामीको चाप बढेको छ । जिल्लामा रहेका बिभिन्न सरकारकारी तथा निजी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको अस्पतालहरुको तथ्याकले देखाएको छ । जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार अहिले जिल्ला भर ७० जनामा डेंगु पोजेटीभ देखीएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोलर अधिकृत केदार नाथ शाहले भने जिल्ला भर ७० जना बिरामीमा डेंगुको संक्रमणका बिरामी फेला परेको बताए । उनले ति सबै बिरामी डेंगुपोजेटीभ भएको बताए । जिल्ला स्वास्थ्य कार्यलयमा अहिले किट न्युन रहेको माग अनुसार कसैलाई दिन नसकेको बताए । भएको किट हामी…

डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !

स्वास्थ्यसमाचार अनलाईन । डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ । डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ । डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु…

लुम्बिनी प्रादेशीक अस्पतालमा बिरामीलाई औषधि नदिने बरु फाल्ने

बुटवल : अर्घाखाँचीका ८१ बर्से नित्यानन्द पाण्डे मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यकक्षमा गुनासो गरिरहेका थिए। अस्पतालमा ज्येष्ठ नागरिक र विपन्नका लागि निःशुल्क औषधि पाइन्छ। तर उनले लगातार चार दिन धाउँदा समेत औषधि पाएका थिएनन्। ‘शुक्रबार आएँ पाइनँ, आइतबार र सोमबार पनि छैन भनेर फर्काए,’ उनले गुनासो गरे, ‘मंगलबार त औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले।’ उनले अस्पतालबाट औषधि नपाएको यो पहिलो घटना होइन। हाडजोर्नी दुखेर परीक्षणका लागि आएका पाण्डेले यही गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि गरेका थिए। तर न औषधि नै पाए न…

प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रस्तावित प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ । मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ को ९ शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको २ सय बिगाहा जमिन सरकारले कलेजलाई हस्तान्तरण गरेको छ । कलेजलाई प्राप्त त्यो जग्गाको माटो कस्तो छ र त्यहा भएको जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने सम्वन्धमा अहिले प्राबिधिकको टोलीले माटो परिक्षण सुरु गरेको हो ।माटो परिक्षणको जिम्मा नोभा कन्सलटेन्सी पाएको छ । नोभा कन्सल्टेन्सीका प्राबिधिकहरुले ५ दिनदेखि…

प्रदेश ५ का सरकारी अस्पतालको दुरावस्था , सुधारका लागी प्रयन्त जारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/मानिसको जीवन रक्षा गर्ने थलो हो अस्पताल। मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा समेत पुनः जीवन पाउने आशाले अस्पतालमा जाने गर्दछन्। ती अस्पताल नै अस्पतालजस्ता नभएपछि बिरामीको हतास मानसिकता कस्तो होला ? प्रदेश ५ अन्तर्गतका प्रादेशिक अस्पतालहरूको अवस्था अस्तव्यस्त रहेको पाइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङमा अस्पतालको अवस्था दयनीय छ। अस्पतालका सबै फाँटहरू अस्तब्यस्त नै देखिन्छन्। इमर्जेन्सी बिरामी ल्याउनेहरूको पीडा, ‘यहाँ त यस्तो जञ्जाल छ कि अस्पतालको काइदा कानून बुझ्दा बुझ्दै बिरामीको ज्यान जान्छ। पहिलो पटक बिरामीको अवस्था बताउन र अघिको कसो गर्ने भन्ने निर्णय खोज्न जाने…

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

स्वास्थ्यसमाचार रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा हस्तान्तन्ण गरेपछि स्वास्थ्यक्षेत्रमा औषधी उपकरण सेवा सहज भएको बताएका छन ।स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर समन्धमा समाजीक परिक्षण तथा आम भेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए । शुद्वोधन गाउंपालिकाको चारवटा स्वास्थ्य चौकीमा गरिएको भेलामा जनप्रतिनिधि स्थानिय सरोकार पत्रकार लगायको उपस्थितमा गरिएको भेलामा भएको सेवालाई अझै बिस्तार गर्दे थप सुबिधि ल्याउन जनप्रतिनिधिहरुसंग माग गरे । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा राम्रोसंग पाइएको र औषधीसमेत…

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

हरि बाँस्तोला   काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित…

गुल्मीमा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं

रमेश विश्वकर्मा गुल्मी,   जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं। ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मी मार्फत जिल्लाका १२ वटै स्थानीय तहसंग समन्वय गरि यो कार्यक्रम सञ्चालन गरिने एक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यक्रम फोकल व्यक्ति सिलवालले जानकारी दिए । जेष्ठ नागरिकको लागि स्वास्थ्य संस्थाबाट दिईने सेवा आफ्नै घरमा…

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…