भत्ता कटाएर बाढीपीडितलाई सहयोग गरे तिलोत्तमा १३ का स्वयंसेविकाले

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–१३ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो मासिक भत्ताबाट रकम बचत गरी बाढीपीडितका लागि सहयोग गरेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो मासिक भत्ताबाट केही रकम जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्। विपद्को समयमा आफूले पाउने सीमित भत्ताबाट समेत रकम छुट्याएर पीडितको राहतका लागि सहयोग गर्दै उनीहरूले सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेका छन्।

स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्य सेवा प्रवाहसँगै विपद् तथा संकटका समयमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरूले बाढीबाट प्रभावित परिवारको पीडामा आफूहरू पनि साथमा रहेको सन्देश दिन सहयोग रकम प्रदान गरेको बताएका छन्।

‘हामीले पाउने भत्ता धेरै ठूलो रकम होइन, तर त्यसबाट थोरै–थोरै बचाएर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले रकम जम्मा गरेका हौँ,’ स्वयंसेविकाहरूको भनाइ छ।

उहाहरुले जम्मा गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्र तिलोत्तमा १३ का प्रमुख मेघराज अधिकारीले बताए।

सम्बन्धित शिर्षक :