बुटबलमा पनि मनाईयो ५८औँ नर्सिङ दिवस [फोटो फिचर]

स्वास्थ्यसमाचार/ गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८औँ नर्सिङ दिवस मनाएका छन । नेपाल नर्सिङ संघ बुटबल ईकाइ अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मे सु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने वताए। डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने ब्यबस्थाको लागी अस्पतालमा पहल गर्ने बताए ।       कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई…

२४ हप्तामा जन्मिएका समरले अस्पतालमै मनाए पहिलो जन्मदिन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ हप्तामा जन्मिएका कपिलवस्तुका समर पन्थीले अस्पतालमै पहिलो जन्मदिन मनाएका छन्। गत वर्ष माघ १० गते ७ सय ७५ ग्रामको तौलसहित समर २४ हप्तामै जन्मिएका थिए। कपिलवस्तु वाणगंगा नगरपालिका वडा नंं ८ चप्परगाउँकी २३ वर्षीया विमला पन्थी र ३० वर्षीय केशव पन्थीको पहिलो सन्तानको रूपमा जन्मिएका समर सामान्य प्रक्रियाबाटै जन्मिए पनि उनलाई बचाउन भने एक सय पाँच दिन अस्पतालमै राखिएको थियो। अस्पतालमा नियमित गर्भजाँचको क्रममा पाठेघरको पानी कम देखिएको र २४ हप्तामै प्रसूति बेथा लागेपछि विमलाले अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी थिइन्। लुम्बिनी प्रादेशिक अस्पतालका…

जलबायु परिर्वतनले स्वास्थ्यमा गम्भीर असर, कुपोषण देखी टाईफाईडका रोगी बढ्दै

स्वास्थ्यसमाचार /रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर/ अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।   तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि…

क्यान्सर रोगथामका लागि सचेतना :- मेयर भुसाल

स्वास्थ्यसमाचार/ क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै   रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ। नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्कनगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए। उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी…

नसर्ने रोगको प्रकोप बढदै :प्रदेश ५मा ९१ हजार भन्दा बढीमा मुटुरोग सम्बन्धी समस्या

मदन शर्मा स्वास्थ्यसमाचार /नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ । एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह,…

अस्पतालका सटर व्यवसायी भन्छन हामी विकास विरोधी होइनौं तर हचुवाकोे निर्णय मान्दैनौ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर व्यवसायीहरुले सटर भाडा सम्बन्धी सम्झौता गरेको डेढ महिनामै सटर खाली गर्न लगाएर व्यवसायीहरुलाई सडकमा ल्याउने काम गरेको वताए । अस्पतालका सटर सम्झौता गरेको डेढ महिनामै सटर खाली गर्नु थियो भने किन टेण्डर गरेर सटर भाडामा लगाइयो ब्यबसायीहरुले प्रदेश सरकार र अस्पताल प्रशासनलाई प्रश्न गरे । व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी मुलुकी ऐेन २०७४ धारा ५४१ वमोजिम करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग गरका हुन् ।अस्पतालले पाँच वर्षका लागि भाडामा दिन टेण्डर आव्हान गरे अनुसार आफूहरुले करार सम्झौता गरेकाले सम्झौता अनुसार पाँच…

कोल्डचेन उपकरण जडान कार्य बाराबाट शुरु, मङ्सिरसम्म देशभर पुर्याउने लक्ष्य

स्वास्थ्यसमाचार । २८ कार्तिक । बाराको महागढिमाई नगरपालिका स्थित बरियापुर स्वास्थ्य केन्द्रबाट कोल्डचेन उपकरणको जडान कार्य थालनी गरिएको छ । उक्त नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आथित्यतामा उपकरणको औपचारिक संचालन संगै कार्यक्रमको शुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेयर यादवले बालबालिकाको स्वास्थ्यको लागि यस उपकरणले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल एशोसियसन फर मेडिकल साइन्सका अध्यक्ष नवराज बस्नेतले देशका विभिन्न २ सय ९० ठाउँमा जडान गरिन लागेको बताउँदै यसले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयताको सवालमा इँटा थप्ने विश्वास गरे ।…

सरकारले देशभरका स्वास्थ्य संस्थामा ठुलो संख्यामा कोल्डचेन उपकरण भित्र्याउँदै

स्वास्थ्यसमाचार अनलाईन कार्तिक ९, काठमाण्डौं । सरकारले यस आर्थिक वर्षको लागि देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकिमा कोल्ड चेन उपकरण भित्राउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोल्ड चेन अप्टिमाइजेसन प्लान परियोजना अन्तर्गत नेपालका विभिन्न स्वास्थ्य संस्थामा यथासिघ्र जडान कार्य थाली खोपलाई अझै व्यवस्थित र सहज रुपमा नेपाली जनताको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो । खोपको गुणस्तरीयता, ढुवानी तथा स्टोर कार्यमा कोल्ड चेन उपकरण अन्तर्गत रेफ्रिजेरेटरले महत्वपूर्ण भूमिका खेल्ने परिवार स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । उक्त उपकरणको संचालन भएपछि बिरामी खोपकै…

सिद्धार्थनगर नगरपालिका अधिकासं मासु पसलमा सडेगलेको मासु फेला

स्वास्थ्यसमाचार/सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए । ‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका…

सिद्धार्थनगरमा डेंगुको वासस्थान खोज र लार्भा नस्ट अभियान सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ ।  आजदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने…