दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…

सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे । विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको रुपमा कार्यरत उमेरको हदबन्दी पुगेर बिदाई हुनहुने ३ स्ंवयसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप नगद २० हजारका दरले सम्मान गरिएको छ । जसमा महिला स्वास्थ्य स्वंयसेविका वडा न९ बाट पवित्रा चापागाई,वडा नं ११ बाट चन्द्रकला ज्ञवाली र…