प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रस्तावित प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ ।

मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ को ९ शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको २ सय बिगाहा जमिन सरकारले कलेजलाई हस्तान्तरण गरेको छ ।

कलेजलाई प्राप्त त्यो जग्गाको माटो कस्तो छ र त्यहा भएको जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने सम्वन्धमा अहिले प्राबिधिकको टोलीले माटो परिक्षण सुरु गरेको हो ।माटो परिक्षणको जिम्मा नोभा कन्सलटेन्सी पाएको छ । नोभा कन्सल्टेन्सीका प्राबिधिकहरुले ५ दिनदेखि माटो परिक्षणका लागि डिल मेसिनबाट माटो खन्ने काम गरीरहेको बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका प्रमुख मान बहादुर घिमिरेले वताए ।

धेरै स्थानबाट माटो निकाल्नु पर्ने भएकाले यसका लागि करिव १५ दिन लाग्ने र त्यो माटो प्रयोगशालामा राखि परिक्षण गरेपछी मात्र कस्ता संरचना बनाउन सकिन्छ भन्ने स्पष्ट हुने घिमिरेले वताए । माटोको प्रयोगशाला परिक्षण पश्चात भदौ अन्तिमसम्ममा रिपोर्ट प्राप्त हुने छ ।

माटो परिक्षणका अतिरिक्त सो स्थानको वातावरणीय प्रभाव मुल्याकन ईआईएको काम पनि भईरहेको छ । आयोजनाले ईआईएको काम असोज मसान्त सम्म पुरा गर्ने लक्ष्य बनाएको छ । ईआईएको फाइल अहिले वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको आयोजना प्रमुख घिमिरेले वताए ।
घिमिरेका अनुसार ईआईए रिपोर्ट आएपछी डिपिआरको काम सुरु हुने छ । ६ महिनामा डिपिआर सम्पन्न गरी यसै वर्ष आर्थिक वर्षमा निर्माण कार्यको सुरु गर्ने लक्ष्यका साथ काम गरीरहेको आयोजना प्रमुख घिमिरे वताए।

सरकारले आयोजनाका लागि आयोजना प्रमुख सहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखाअधिकृत, चालक र कार्यालय सहयोगी सहित सात जना कर्मचारीको दरबन्दी तोकेको भएपनि अहिले आयोजना र कार्यालय सहयोगी मात्रै रह्ेका छन । केही दिन अघि एक जना शाखा अधिकृतलाई खटाइएको भएपनि उनी कार्यालयमा हाजिर भएका छैनन ।

कलेज निर्माणमा करिव १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३ सय शैया रहने अस्पताललाई तीनवर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइने छ ।बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको गत चैत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

सम्बन्धित शिर्षक :