अर्थोडेन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु

रुपन्देही २७ भाद्र ओठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी काम गर्ने चिकित्सकहरुहको अन्र्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ ।

दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओँठ तथा तालुको खुडेपाना र डेन्टल सम्बन्धी विद्याबारिधी गरेका चिकित्सकहरुको सहभागीता रहेको छ । तिलोत्तमा–१७ कोटिहवामा रहेको टाईगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले आयोजना गरिएको हो ।

१० औं अन्तराष्ट्रिय सम्मेलन नाम दिएको सेमिनारमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले विशेष प्रस्तुतीकरण समेत गरेका छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय अध्यक्ष डा. रविन्द्र मान श्रेष्ठले नेपालमा अहिले पनि ओठ तथा तालुको खुडेपना भएका व्याक्तिहरुको उपचारमा सरकारी क्षेत्रबाट ठोस कदम चाल्न नसकेको बताएका थिए ।

उनले कुनै पनि मानिस विशेष परिस्थीतिको कारण उक्त समस्याबाट गुज्रिनबाध्य हुने भन्दै हाल सम्म नेपालमा गरिएका अप्रेसनहरु सबै दाताहरुको सहयोगमा हुने गरेको ले यसमा सरकारी निकायबाट समेत थप सहयोग हुनुपर्र्ने बताए । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय उपाध्यक्ष डा. आलोक जैसवालले राज्यबाट नीतिगत रुपमा सहयोग गर्नुपर्ने बताएका थिए ।उनले खुडेपनको विषयमा विरामीको स्यार सुसारका साथै उचि समयमा उचि शल्यक्रिया गरेमा सहज हुने गरेकोमा यस सरकारी स्तरबाट जनचेतना आवश्यक रहेको बताएका थिए ।

१० औं अन्तराष्ट्रि सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान) का सचिव डा. बर्षा थापाले सम्मेलनको दोस्रो दिन युनिर्भल मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहकार्यमा खासगरी नर्सीङ्ग क्षेत्रमा खुडेपना, दन्त लगायतका विषयमा के कसरी कार्य स्याहर सुसार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार पहिलो दिनको सत्र टाईगर प्यालेसमा र दोस्रो दिन युनिर्भसल मेडिकल कलेज भैरहवामा हुने छ ।

अन्तराष्ट्रिय सम्मेलनमा भाग लिनको लागि ३५ जना भन्दा बढि विदेशी देशबाट चिकित्सकहरु आएका छन् । सन् २००७ सामा स्थापना भएको अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले यस भन्दा पहिला एक वटा अन्राष्ट्रिय सेमिनार सम्पन्न गरिसकेको छ ।
नेपालमा खासगरी दन्त शास्त्रको विशेष महत्वरहेको कारण यस विषयमा राज्यको समेत ध्यानाआर्कषण गर्नको लागि समेत सम्मेलन फलदायी हुने सम्मेलन आयोजक सचिव डा. बर्षा थापाले जानकारी दिईन् ।

नेपालमा हाल १ सय २० जना मात्रै अर्थोडेन्टिस चिकित्सकहरु रहेका छन् । सोही सम्मेलनमा नेपालमा विगत लामो समय देखि खुडेपना सम्बन्धी कार्य गर्दै आउनुभएका डा. शंकर राई र भारतका प्रो.डा. ओपी खराबन्दा लाई समेत सम्मान गरिएको थियो । सम्मेलनमा नेपाल, भारत, थाईल्याण्ड, श्रीलंका, अर्थोपोटिक चिकित्सकहरु, नर्सिङ्ग स्पेसलिष्ट, प्लाष्टिक सर्जन, नर्स स्पेशसलिष्ट, ओरल मेडिसिनिक्सस, ओरल बायोलोजी, ओरल सर्जरी, प्रथोलकोडिक्सिका विषयमा कार्य पत्र प्रस्तुतीकरण, छलफल तथा अन्तक्रिया भएको छ ।

यस भन्दा शैद्धान्तीक सिद्धान्तहरुमा छलफल हुने गरेकोमा यस पटकको सम्मेलनमा खासगरी सिक्ने र सिकाउने गरी प्रयोगात्मक अभ्यास सहितको कार्यक्रम पहिलो हो ।

सम्बन्धित शिर्षक :