दुर्गा नर्स भएकै कारण स्वास्थ्य सचिवको नियुक्ति रद्द गरिएको हो? :गोनान

स्वास्थ्य समाचार नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नियुक्ति रद्द गरिएकोमा सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)ले आपत्ति जनाएको छ।

गोनानले आज विज्ञप्ति जारी गरी यस विषयमा आपत्ति जनाएको हो । प्रमुख अस्पताल नर्सिङ प्रशासक श्रेष्ठलाई गतसाता लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको पदमा नियुक्त गरिएको थियो ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहनुभएकी ११औँ तहकी श्रेष्ठलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।तर नियुक्ति भएको केही दिनमा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित भएकोप्रति ध्यानआकर्षण भएको गोनानले जनाएको छ ।

उहाँलाई महिला र नर्स भएकै कारण अपमानित गरी नियुक्ति रद्द गरिएको संघले आरोप लगाएको छ । पदीय जिम्मेवारी दिएर काम दिनु पर्नेमा नामै हटाउनु कस्तो मानसिकता हो रु विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘स्वीकार गर्न सकिन्छ भन्ने वैचारिक आधार खोइ त ?’

यस्तो व्यवहारले पेशागत मर्यादामा पनि प्रश्न चिन्ह खडा गरेको संघको भनाइ छ। उहाँको नियुक्ति रद्द गर्ने निर्णय अपरिपक्क भएकाले सच्याउन माग गरिएको छ ।

संविधानले अंगिकार गरेको समानुपातिक, समावेसी नीतिलाई अबलम्बन गरी निज श्रेष्ठको नियुक्तिलाई निरन्तरता दिन गोनानले माग गरेको छ ।

सम्बन्धित शिर्षक :