बुटबलमा पनि मनाईयो ५८औँ नर्सिङ दिवस [फोटो फिचर]

स्वास्थ्यसमाचार/ गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८औँ नर्सिङ दिवस मनाएका छन । नेपाल नर्सिङ संघ बुटबल ईकाइ अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मे सु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने वताए। डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने ब्यबस्थाको लागी अस्पतालमा पहल गर्ने बताए ।       कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई…

प्रदेश ५सरकारले ८ जिल्लाका सरकारी स्कुलमा स्टाफ नर्स राख्ने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटबलले बिद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापन साथै महिनामारी स्वास्थ्यका लागी सरकारी माध्यामिक बिद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागी आठ जना स्टाफ नर्स राख्ने भएको छ । निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा यो सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशका ८ बिद्यालयमा यो सेवा सुरु गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ प्रमुखको जिम्मेबारी पौडेललाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलको नर्सिङ प्रमुखको जिम्मेबारी नर्सिङ अधिकृत ज्योति पौडेललाई दिईएको छ। नर्सिङ प्रमुख दुर्गा पौडेलले स्वेच्छिक राजीनामा दिएपछि पौडेललाई नर्सिङ प्रमुखको जिम्मेबारी दिएको हो। माघ १ गते देखी लागुहुने गरि पौडेललाई जिम्मेबारी तोकिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । प्रादेशीक अस्पतालमा नबौ तहको नर्सिङ प्रशासक ईन्चार्ज हुने ब्यबस्था भएपनि केहि बर्ष देखी ईन्चाज खाली रहेको छ । ज्योती पौडेल लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ अधिकृतको रुपमा कार्यरत रहेकी छन ।

नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…

असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न सबैसंग समन्वय र सहकार्य :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी माघको पहिलो हप्ता देखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्धारा आज बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्नुपर्ने भन्दै मन्त्री बरालले २० बर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा खराब संकेत भएको टिप्पणि गरे । सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न मन्त्रालयले…

शल्यकक्षमा कार्यरत स्टाफ नर्सलाई ओ टि म्यानेजमेन्ट तालिम

स्वास्थ्यसमाचार /प्रदेस ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रले प्रदेशका जिल्ला अस्पतालको शल्यकक्षमा कार्यरत स्टाफ नर्सहरुको लागी ४२ दिने ओ टि म्यानेजमेन्ट सम्बन्धि तालिम आम्दा अस्पताल सुरु भएकोे छ । अप्रेशन ब्यबस्थापन तालिमको स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले ओटीको ब्यबस्थापन जिबन संग समन्धीत भएकोले यो तालिम महत्वपुर्ण रहेको बताए ।उनले अस्पतालमा काम गर्दा नमुना काम गरेर देखाउन स्टाफ नर्सहरुलाई आग्रह गरे । यस्ता तालिम आर्थिक रुपमा राम्रा नभएपनि सिकाईको लागी अबसरको रुपमा लिनुपर्ने निर्देशक श्रेष्ठले बताए ।कार्यक्रममा आम्दा अस्पतालका निर्देशक डा केशर…

नेपाल नर्सिङ संघमा मनकुमारी राई नेतृत्वको प्यानल विजयी

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।राई समूहबाट कोषाध्यक्षका उम्मेद्धार बनेकी कल्पना श्रेष्ठले प्यानलले नै जितेको जानकारी दिइन । यद्धपी घोषणा हुन केही बेर लाग्ने उनले बताइन । यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए । प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । उता पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।   सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान…

नान रुपन्देहीद्धारा नर्सहरुलाई एक दिने स्कील डेभलपमेन्ट तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीका बिभिन्न सरकारी सामुदायीक तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको छ । नेपाल नर्सिड एसोसिसियन नेपाल ‐नान)रुपन्देही शाखाको आयोजनामा नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको हो । कार्यक्रममा नान केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथी डा तारा शाहले नर्सहरुले सेवा दिदा मुस्कान सहितको सेवा दिनुपर्ने बताईन । डा शाहले नर्सहरुको क्षमता अभिबृद्धि गर्न सरकारले नयाँ किसिमका तालिम दिनुपर्ने समेत बताईन । केन्द्रिय उपाध्यक्ष डा शाहले नर्सिड पेशा अहिले कतातिर गैरहेको के गरे यसले राम्रो उपलब्धी हासिल गर्न सक्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनको…

प्रदेश ५मा नबजात शिशुको मृत्युदर घटाउन यसै बर्ष ४सय नर्सलाई एसबिए तालिम :-मन्त्री बराल

स्वास्थ्यसमाचार/ नबजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ। गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो। अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन। मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक बिकास मन्त्रालयले गरेको बताए । उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने बताए। मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास…

पाल्पाकी नर्स पौडेल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा

स्वास्थ्यसमाचार/  जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत नर्स कल्पना पौडेलमाथि अख्तियारले  विशेष अदालतमा मुद्धा दायर गरेको छ । परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ । भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र र्पुयाउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा…