ज्येष्ठ नागरिक दिवसका अबसरमा अस्पतालमा फलफुल बितरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ज्येष्ठ नागरिक दिवसका अबसरमा ज्येष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ। अस्पतालमा आज उपचाररत बिरामी तथा बिरामीका आफन्तलाई फलफुल बितरण गरिएको हो ।

अस्पतालका भर्ना भएका ज्येष्ठ नागरिकलाई फलफुल र जुस बितरण गरिएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन। फलफुल बितरण कार्यक्रम अस्पतालका तपसी चौधरी,चेतनारायण न्यौपाने ,श्रीराम पान्डे ,ज्योती पौडेल, नेत्र आर्चाय,राम प्रसाद अर्याल ,रुपलाल पन्थी ,नेत्रलाल पान्डे ,सुनिल खत्री ,गिता ज्ञाबली, माधुरी ज्ञाबली लगायतको सहभागी रहेको थियो।

सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ । ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।

सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्ने लगायतका सुविधा दिंदै आएको छ ।

सम्बन्धित शिर्षक :