तिलोत्तमाका ५सय बढी बिद्यार्थी भएका संस्थागत बिद्यालयमा नर्स अनिवार्य

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका भित्रका विद्यालयमा ५०० बढी बिद्यार्थी भएका ले एकजना नर्स अनिबार्य राख्नुपर्ने भएको छ। नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए । यस्तै नगरभित्रका बिद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको…

गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

स्वास्थ्यसमाचार /गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे/भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्नेछ। अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् आयोजना कार्यान्वय हुनेछ। कुनै अवरोध नभए सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज विष्णु घिमिरेले बताए। उनले एक महिनादेखि फाउण्डेशन निर्माणको काम भइरहेको जानकारी दिए। गुल्मी अस्पताल स्थापना भएको करिब चार दशकदेखि जीर्ण र साँघुरो संरचनाबाट सेवा प्रवाह गर्न…

डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा

स्वास्थ्यसमाचार /नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए । ११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए । यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको…

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

स्वास्थ्यसमाचार/पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको १  करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ । तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका…

जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर अस्पतालभित्रै कुटिए

स्वास्थ्यसमाचार/  भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे। यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्। अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले वताए ।दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो ।डा यादवकाअनुसार…

भिम अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता माग पुरा गर्ने सहमति

स्वास्थ्यसमाचार/ विभिन्न माग राखी आमरण अनशनमा रहेका भिम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत् पक्ष, अस्पताल व्यवस्थापन समिति, मेडिकल सुपरिडेन्टेन र अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको रोहवारमा भएको छलफलमा आन्दोलनकारीको माग पुरा गर्ने सहमति भएकोले आमरण अनशन तोडिएको हो । अस्पताल प्रशासनले माग गरेको स्पष्टिकरण फिर्ता लिने र अनशनरत् कर्मचारीको अन्य माग सम्बोधन सम्बन्धमा ३ सदस्यीय समाधान समिति पनि गठन भएको छ । अस्पताका डाक्टर बद्री बैदवारको संयोजकत्वमा गोविन्दबहादुर ज्ञवाली र अनशनकारी गोपाल उपाध्याय सदस्य रहने गरि समिति गठन भएको छ । यो समितिले ७ दिन भित्र…

नेपालले छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप लगाएको भन्दै डब्लूएचओले दियो बधाई

स्वास्थ्यसमाचार/सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद्  बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल,…

रुकुमपूर्वअस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी लाई सास्ती

स्वास्थ्यसमाचार/जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो। विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए। विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा‚ बाल रोग, नाक–कान–घाँटी, छालालगायतका जटिल प्रकृतिका बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको चौधरीले बताए। अस्पतालमा कन्सल्टेन्ट अब्सट्रे तथा गाइनो विशेषज्ञ दुई र बाँकी कन्सल्टेन्ट…

राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका परियारले गरे आत्मसमर्पण

स्वास्थ्यसमाचार/ राप्ती प्रादेशिक अस्पतालका तुल्सिपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनी आज आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । परियारले आफूलाई प्रहरीले लगाएको मुद्दा झूटो भएको भन्दै आत्मसमर्पण गरेका छन् ।पक्राउ पछि उनले मुद्दा झुटो रहेको दाबी गर्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् । चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये प्रहरीले अहिलेसम्म परियारसहित तीन जना पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री माओबादीका तुलराम घर्ती मगर बन्ने संभाबना

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा ३ दिनभित्र सरकारले पूर्णता पाउने भएको छ । गठबन्धनका नेताहरुले अब ३ दिनमा लुम्बिनी प्रदेश सरकारलेको मन्त्रीमन्डलले पुर्णता पाउने वताएका छन ।मन्त्रालय वाडफाडमा केहि ढिला भएकोकारणले मन्त्री मन्डल बिस्तारमा ढिलाभएको नेताहरुले बताएका छन । माओबादीका सभाषद तुलराम घर्ती मगरका अनुसार अब ३ दिन भित्र मन्त्रीमन्डल बिस्तार हुने बताएका छन । कोरोनामहामारी को बिषम परिस्थीतिमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिगत १८ दिन देखी मन्त्री बिहीन अबस्थामा छ ।कहिले कस्ले पाउला स्वास्थ्यमन्त्री भन्ने प्रश्नमा सभाषद तुलराम घर्ती मगर भन्दछन माओबादीको भागमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको बताएका…