धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।

सेवाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । केन्द्रमा भिडियो एक्सरे सेवा नहुँदै बिरामीहरु सेवा लिनको लागि तम्घास वा पाल्पा जानुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई अन्त्य गर्नको लागि प्राथमिक स्वास्थ्य केन्द्रले सेवाको सुरुवात गरेको हो ।

कार्यक्रमकै अवसरमा पाँच आधुनिक साधनहरुको उपलब्धता सुनिश्चितता कार्यक्रम पनि सम्पन्न गरिएको छ । उक्त कार्यक्रमअन्तरगत केन्द्रमा कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आयुसिडी गरी पाँचवटा परिवार नियोजनका साधनहरु उपलब्ध गराइने भएको छ ।

उक्त साधनमध्ये इम्लान्टको सुविधा केन्द्रमा थिएन ।अब इम्लान्ट राख्न वा झिक्नको लागि तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको केन्द्रका डाक्टर जनक पाठकले वताए । केन्द्रमा पोष्टमार्टम घर बनाएर पोष्टमार्टम समेत सुरु गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले सबैभन्दा ठुलो स्वास्थ्य रहेकोले पालिकाले स्वास्थ्यमा लगानी गरेको वताए ।

अब लगत्तै १५ शैयाको अस्पताल पनि बन्दै गरेकोले स्वास्थ्यमा धुर्कोटले फट्को मारेको वताए । गाउँपालिकाका विभिन्न १७ सुचकमध्ये तेस्रो स्थानमा परेकोले अब पहिलो स्थानमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य केन्द्रका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जैसिथोक र वाग्लाको लागि नयाँ एम्बलेन्स खरिद गर्न लागिएको समेत बताए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेल, स्वास्थ्य शाखा संयोजक प्रेमलाल खनाल, गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डे, वडाध्यक्ष कृष्ण नेपाली, वडा सदस्य शालिकराम अर्याल, पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, पत्रकार बासुदेव पोखरेल, अस्पताल व्यवस्थापन समितिका सदस्य मनोहर पन्थी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :