बिरामीलाई सजिलो बनाउन गुल्मी जिल्ला अस्पतालमा टोकन प्रणाली

वासुदेव पोखरेल
स्वास्थ्यसमाचार जिल्ला अस्पताल गुल्मीमा टोकन प्रणाली शुरु भएको छ । बिरामीलाई टिकन काट्न लामो समय सम्म लाइन बस्नुपर्ने समस्या अन्त्य गर्न अस्पतालले टोकन प्रणाली शुरु गरेको हो ।

अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले आफ्नो पदभार ग्रहण गर्दै आइतबार टोकन प्रणालीको शुरुवात गरे । टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग बिभागमा आएका बिरामीले टिकट काट्न र डक्टरलाई जा“च गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली शुरु गरीएको बताए ।

टोकन प्रणालीका कारण लाइनमा बस्नु पर्ने बाध्यता हटेपछि विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएकाहरु तथा असक्त, बिरामीलाइ सहज भएको छ । सदरमुकाम तम्घासमा स्वास्थ्य जाँच र अरु काम पनि लिएर आउनेहरुले घण्टौं सम्म लाइनमा बसेर टिकटका लागि पालो कुर्नुपर्ने भएकोले उपचारसँगै अन्य काम सकेर सोही दिन घर फर्कन नसक्ने समस्या थियो । तर अब भने टोकन लिएर आफ्नो पालो आउनेबेला सम्म अन्य काम पनि गर्न सक्ने छन् ।

गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्याले बताए ।
गुल्मी अस्पतालको ५० सैयाको नया“ भवन निर्माण भैरहेकोले सा“घुरो भवनमा सेवा प्रवाह भैरहेको छ । तर पनि अस्पतालले भएको संरचनाको उचित व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेको छ ।

यसैबीच गुल्मी अस्पतालले अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरेको छ । आइतबार जिल्ला समन्वय समिति प्रमुख एवं अस्पतालका पूर्व अध्यक्ष लक्षमण पराजुली, पूर्व सदस्य श्रीप्रसाद भलामी र माया श्रीसलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । सम्मान पत्र ग्रहण गर्दै समन्वय समिति प्रमुख पराजुलीले सम्मान गरेकोमा अस्पताललाई ध्रन्यवाद दिए।

त्यसका साथै उनले आफ्नो कार्यकालमा सुधारको प्रयास गरेकोले उक्त कार्यलाई निरन्तरता दिन वर्तमान समितिलाई आग्रह गरेका थिए ।रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले सबै मिलेमा अस्पतालको एकीकृत विकास हुन सक्ने धारणा राखे । त्यस्तै प्रमुख जिल्ला अधिकारी एबं अस्पताल विकास समितिका पदेन सदस्य पुण्ययविक्रम पौडेलले संविधानले उल्लेख गरेका स्वास्थ्यसम्बन्धि अधिकार उपलब्ध गराउन सकेपनि उत्कृष्ट हुने बताए ।

नवनियुक्त अध्यक्ष पाण्डेले विगतमा भएका सुधारका कामलाई निरन्तरता दिने र थप काम गर्नेतर्फ आफ्नो समुह उन्मुख रहने प्रतिक्रिया दिए । त्यस्तै रिक्त रहेका दरबन्दीको पदपूर्ति गर्ने, अभाव रहेका औषधीको पूर्ति गर्ने लगायतका बिषयमा आफ्नो ध्यान रहने पाण्डेले बताए ।कार्यक्रममा अस्पतालका निमित्त प्रमुख डाक्टर उत्तम पच्या, प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डे लगायत अस्पतालका विभिन्न कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शिर्षक :