शुद्धोधनमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर ६२५स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोधन गाउपालिका वडा न.२ भुजौली स्थित ख बनगाई स्वास्थ्य चौकीमा एक दिवसीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौको आयोजना र शुद्धोधन गाउपालिकाको सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खांणले उक्त शिविरको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा उहाले गाउपालिकाको समग्र विकासको लागि आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

प्रहरी अस्पतालले गरेको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञहरु लाइ धन्यवाद दिदै सरकारको अहिले कोभिडको प्रकोपबाट नेपाली बासिन्दालाई मध्यनजर गरि विभिन्न स्थानहरूमा शिविर सञ्चालन गरेको बताउनुभयो ।खांणले नेपाल प्रहरी,शशस्त्र प्रहरीहरु एउटा सम्मानका पात्र रहेको रहेको समेत बताउनुभयो।

शुध्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले शिबिरबाट सिङ्गो गाउँपालिका लाभान्वित भएको जिकिर गर्दै उहाले शुद्धोधनको विकासको लागि गृहमन्त्री  खाण सदैव अङ्रपङ्त्तिमै रहेको उल्लेख गर्दै मानपकडीमा एउटा प्रहरी चौकी आवश्यकता महसुस गरेकाले त्यसका लागि पहल गर्नका लागि अनुरोध गर्नुभयो ।

शुध्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी ,शुध्दोधन –२का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

उक्त स्वास्थ्य शिविरमा ६२५ सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएको कार्यक्रम संचालक तथा खडवा बनगाइ स्वास्थ्य चौकी इन्चार्ज मदन पोख्रेलले जानकारी दिनुभएको छ।

सम्बन्धित शिर्षक :