नर्सिङ काउन्सिलकी पूर्व सदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज

स्वास्थ्यसमाचार/ दुई वर्षअघि ट्रमा भएको एक घटनामा विवादित बनेकी नर्स जिता बरालको नाम नर्सिङ काउन्सिलले दर्ता किताबबाट हटाएको छ । ९ बैशाखमा नर्सिङ काउन्सिलले जारी गरेको सूचनाअनुसार नर्स बरालको दर्ता नं ८८९४ परिषद्को दर्ता किताब हटाइएको छ ।

नर्सिङ काउन्सिलको सदस्य रहेकै बखब २०७७ असोज ६ मा ट्रमा सेन्टरमा बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएसँगै ट्रमा सेन्टरका तत्कालीन नि। प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले काउन्सिललाई आवश्यक कारवाहीका लागि पत्र पठाएका थिए ।

डा पौडेलको उक्त पत्रपछि काउन्सिलले छानविन प्रक्रिया अगाडि बढाएको थियो । छानविनका क्रममा व्यवसायिक आचारसंहिता उल्लंघन गरेको पाइएको थियो । सोही छानविनलाई आधार मानेर काउन्सिलको १३ चैत २०७८ मा बसेको बैठकले उनको दर्ता किताबबाट नाम हटाउने निर्णय गरेको हो । के भएको थियो घटना रु ६ असोज २०७७ नेपाल नर्सिङ काउन्सिलकी तत्कालीन सदस्य बरालले राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हंगामा गरेकी थिइन् ।

बराल जुम्लामा अनसन बसेका डा गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थन गर्न ट्रमा सेन्टर पुगेकी थिइन् । त्यहाँ उनले इमर्जेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने गरेकी थिइन् । उनको इमर्जेन्सी कक्षमा गीत गाउने, नाच्ने, अश्लील शब्द प्रयोग गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गर्नेलगायतका अभद्र व्यवहार गरेको भिडियो बाहिरिएको थियो ।

बरालले हंगामा गरेको खबरसँगै पुगेको प्रहरी टोलीलाई उनले बलात्कारी भनेर पटक(पटक भनेकी थिइन् । सो घटनालाई लिएर छानविन माग गर्दै ट्रमा सेन्टर नर्सिङ काउन्सिललाई पत्र पठाएको थियो ।

सम्बन्धित शिर्षक :