ईर्मेजेन्सी सेवालाई व्यबस्थीत गर्ने पहिलो काम : मेसु डा ईन्द्र ढकाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले तत्काल गर्ने काम सार्बजानीक गरेका छन।स्वास्थ्यसमाचार संग संक्षिप्त कुरागर्दे डा ढकालले अस्पतालको कामलाई अतिआवश्यक र आवश्यक अनुसारकाम अघि बढाउने बताए।

डा ढकालले पहिलोकाम भनेको कोरोना अस्पतालमा दिईने सेवा एकिकृत गरेर जाने बताए। सेवा छ तर सेवालिने र दिनेको लागी एकै ठाउ नभएकोले अब अस्पताल भित्र यो सेवा लाई एकैठाउ बनाउने पहिलो काम भएको बताए । अस्पतालको ईर्मेजेन्सी सेवा लाई ब्यबस्थीत गर्ने बताए ।

विरामी आउने भनेको पहिले अस्पतालमा ईर्मेजेन्सी हो त्यसलाई ब्यबस्थीत बनाउने र सहज रुपमा सेवा लिने वाताबरण बनाउने डा ढकालले बताए । अस्पतालमा अहिले २० सिलिन्डर भर्ने अक्सीजन पलान्ट छ अब अस्पतालमा २सय ५० देखी ३ सय दैनीक अक्सीजन उत्पादन गर्ने पलान्ट निमार्ण गर्ने काम तत्काल अघिबढाउने बताए ।

बिगतको महामारीले पनि पाठ सिकाएको छ त्यो कार्यलाई छिटो बनाउनु आबश्यक रहेको वताए। डा ढकालले भने स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘विस्तारित अस्पताल सेवा कार्यक्रम लागु गर्ने बताए ।

त्यस्तै अस्पतालमा अहिले दाँतको एक्सरे सेवा नभएकोले त्यो सेवालाई पनि बिस्तार गर्ने योजना रहेको बताए । यस क्षेत्रको ठुलो र पुरानो अस्पताल भएकोले धेरैको आशा र भरोसा छ त्यसैले अस्पताल नभएका र नयाँ सेवा बिस्तार गर्नु आबश्यक रहेको छ ।अस्पतालमा क्याथल्याव,एमआरआई सेवा, क्यान्सर स्क्रिनीङसेवा तत्काल गर्नुपर्ने काम रहेका छन।

त्यस्तै लुम्बिनी प्रादेिशक अस्पताललाई १२सय वेडको १० तले भबन बनाउने र बिषेश अस्पतालका रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई संञ्चालन गर्ने, स्वास्थ्य प्रतिष्ठानहरुसंग समन्य गर्ने, अबको शैक्षिकशत्र देखी यस अस्पतालमा एमबिबिएस को पढाई सुरु गर्ने र अस्पताललाई स्तरवृद्धि गरेपछि पिसीएल देखी एमबिबिएसको पठाउने प्रतिस्ठान बनाउने योजना रहेको बताए ।

उनले भने प्रदेश सरकार संघिय सरकार स्थानिय सरकार यसक्षेत्रका राजनितिज्ञ बुद्धिजीबि समाजसेवी लगायत सबैलाई अस्पतालको बिकास र बिस्तारमा सहयोग गर्न आग्रह गरेका छन । सबैको सहयोग र सहकार्यमा अस्पताललाई बिस्तार गर्न सकिने मेसु ढकालले बताए ।

सम्बन्धित शिर्षक :