सन् २०१९ को डिसेम्बरमा चीनको हुवान सहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण क्रमसः विश्वका सबै महादेश र प्रायस राष्ट्रहरूमा फैलियो | सन् २०२१, अगस्टको अन्त्यसम्म आइपुग्दा विश्वका २१७८७७९९३ मानिसहरू संक्रमित हुन पुगे भने ४५२३१७२ (२.०८%) मानिसहरूले ज्यान गुमाई सकेका छन |
यसको संबेदनशीलतालाई मध्यनजर यससंग सरोकार राख्ने वैज्ञानिकहरू COVID-19 विरुद्धको खोप सम्भव छ छैन ? खोपबाट व्यक्तिको जीवनभरको क्षमता वृद्धि हुन्छ कि छोटो अवधिको लागि मात्र? खोप सम्भव भए कहिलेसम्म प्रयोगमा ल्याउन सकिन्छ ? खोपको एक मात्रा मात्र पर्याप्त हुन्छ वा बहुमात्रा आवश्यक पर्छ ? यसको मूल्य, भण्डारण, वितरण जस्ता पक्षहरू कति सहज हुन सक्छन ? जस्ता अनुसन्धानात्मक प्रश्न तथा परिकल्पनाहरू अगाडि सारेर अनुसन्धानमा जुटे |
वैज्ञानिकहरूको एकवर्ष भन्दा बढीको निरन्तर प्रयास पश्चात COVID-19 विरुद्धका खोपहरू क्रमश विकास भइ प्रयोगमा आएका छन | हाल प्रयोमा आएका धेरैजसो खोपहरू दुई मात्रा लगाउन सिफारिस गरिएको छ भने अमेरिकन जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जन्सेन खोप (Janssen vaccine) एक मात्रा लगाए पुग्ने उत्पादक कम्पनीले बताएको छ |
हाल विश्वमा चार समूहमा १३ प्रकारका COVID विरुद्धका खोपहरू विकास भइ प्रचलनमा आएका छन | जसमध्ये Pfizer/BioNtech Comirnaty Vaccine डिसेम्बर ३२, २०२० मा विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने (Emergency Use Listing-EUL) भनी सूचीकृत गर्यो | त्यसपछि फेब्रुअरी १६, २०२१ मा EUL अन्तर्गत SII/Covisild and Astrazenica/AZD1222 खोपहरू सूचीकृत भए | त्यसैगरी मार्च १२, २०२१ मा Janssen/Ad26.CoV2.S पनि EUL अन्तर्गत सूचीकृत भयो | अप्रिल ३०, २०२१ मा Moderna COVID-19 vaccine ले पनि EUL अन्तर्गत सूचीकृत हुने मौका पायो | त्यसैगरी Beijing Bio-Institute of Biological Products Co. Ltd. ले उत्पादन गरेको Sinopharm खोप र SinoVac-CoronaVac पनि EUL अन्तर्गत सूचीकृत भए |
हालसम्म विकासमा आएका सम्पूर्ण खोपहरू थप अध्ययन कै क्रममा छन | त्यसैले सबै खोपहरूको प्रभावकारिता सुनिश्चित गर्न प्रत्येक खोप विकासको क्रममा अपनाइने Pre-Clinical Phase देखि Phase 1, Phase 2, Phase 3 (Efficacy studies) र Phase 4 (Interventional studies) सम्मको समग्र परिणामहरूको सुक्ष्म अध्ययन र विश्लेष्ण गर्नु अनिवार्य हुन्छ |
COVID-19 विरुद्ध दिइने सबै खोपहरू बृहत स्तरमा संचालन गरिने Phase III को Clinical Trail पछाडि मात्र आम समुदायलाई लगाउन सुरक्षित मानिन्छ | यस Phase मा खोप लगाएका व्यक्तिहरूमा देखिने असरहरूको आधारमा मात्र विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले आम जनसमुदायलाई खोप लगाउन सिफारिस गर्दछ |
COVID-19 विरुद्धको खोप प्रचलनमा आएको लामो समय भएको छैन | त्यसैले खोप लगाएको दुई हप्ता पश्चात यो खोपले व्यक्तिको शरीरमा क्रमश प्रतिरक्षा क्षमता वृद्धि गरेको पाइएता पनि यसको प्रभावकारिता कति समय रहन्छ भन्ने विषय थप अनुसन्धान कै क्रममा छ | हालसम्म प्राप्त तथ्यांक अनुसार COVID संक्रमण निको भएका तथा COVID विरुद्धको खोप लगाएका व्यक्तिहरूमा त्यस रोग विरुद्धको प्रतिरक्षा क्षमता विकास भएको पाइएको छ | तर विकास भएको रोग प्रतिरक्षा क्षमता कति समय रहन्छ भन्ने विषय थप अनुसन्धान कै क्रममा छ |
हालसम्म प्राप्त प्रमाणहरूलाई विश्लेषण गर्दा खोप लगाएको तथा एक पटक रोगको संक्रमण भएर निको भएको व्यक्तिमा रोग विरुद्धको प्रतिरक्षा क्षमता विकास भएको पाइएको छ | उनीहरूमा संक्रमण दोहोरिएर आएको पनि छ तथापि यस्ता व्यक्तिहरूमा रोगको गम्भीरता (Severity) र यसबाट हुने मृत्युदरमा उल्लेख्य (Significantly) कमी देखिएको छ |
विश्व स्वास्थ्य संगठन लगायत अन्य संघ संस्थाहरू तथा देशहरूले गरेको COVID-19 को खोप महामारी नियन्त्रणमा निकै प्रभावकारी देखिएको छ | तर पनि COVID-19 को खोप लगाउँदैमा सत-प्रतिसत सुरक्षित हुँदैन| Corona Virus का देखा परेका नयाँ नयाँ प्रकार (Variants) तथा खोपको उत्पादन तथा संचालनमा व्यक्तिको कौशलताले पनि खोपको प्रभावकारितामा असर गर्दछ | त्यसैले COVID-19 को संक्रमण रोक्न सबैले खोप लगाउनुका साथै जनस्वास्थ्यका मापदण्डहरू जस्तै उपयुक्त तरिकाले स्तरीय मास्क लगाउने, नियमित साबुन-पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, भिडभाड नगर्ने र सामाजिक दुरी कायमलाई उच्च प्राथमिकता दिई नियमित अवलम्वन गर्नु वान्छनीय हुन्छ |
हालसम्म उपलब्ध तथ्यांकहरू अध्ययन र विश्लेषण गर्दा COVID को महामारी नियन्त्रणमा खोप महत्त्वपूर्ण देखिन्छ जसले अग्रपंकिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीहरू, जेष्ठ-नागरिकहरू, अन्य रोगहरू वा स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा संक्रमण नियन्त्रण तथा यसबाट हुने मृत्युदर घटाउन खोप बढि प्रभावकारी देखिएको छ | खोप लगाएको १४ दिन पछाडि व्यक्तिको शरीरमा COVID-19 विरुद्धको प्रतिरक्षा क्षमता क्रमश वृद्धि भएको पाइएको छ | एक मात्रा मात्र खोप दिदा पनि व्यक्तिमा यस रोग विरुद्धको प्रतिरक्षात्मक क्षमता वृद्धि भएको पाइएको छ तथापि रोग विरुद्ध उच्च क्षमता बिकासको लागि तोकिएको मात्रामा खोप लगाउनु बान्छनिय हुन्छ |
विश्वमा हालसम्म चार समुहमा एक दर्जनभन्दा COVID विरुद्धका खोपहरू प्रचलनमा आइसकेका छन | तर प्राप्त तथ्यांकको आधारमा एउटा समुहको पहिलो मात्रा खोप लगाएको व्यक्तिलाई अर्को समुहको दोश्रो मात्रा खोप लगाउन सकिने आधार पाइएको छैन | त्यसैगरी एक पटक COVID संक्रमण भइ निको भएको व्यक्तिले पनि खोप लिनु आवश्यक छ किनकी COVID का नयाँ नयाँ प्रकारहरू (Variants) देखा परिरहेका छन |
COVID विरुद्ध दिएको खोपले सो रोग विरुद्ध लड्ने शरीरको प्रतिरक्षा क्षमता बढाउने हुनाले COVID का अन्य प्रकारहरू (Variants) को विरुद्ध पनि काम गर्ने र रोगको गम्भीरता र मृत्युदरमा पनि कम भएको देखिएको छ तर पनि यस विषयमा थप अनुसन्धान आवश्यक देखिन्छ |
COVID खोपका प्रतिकारात्मक असरहरू व्यक्ति अनुसार फरक फरक देखिने वा नदेखिने पनि हुन सक्छन | COVID खोपका प्रतिकारात्मक असरहरूको सम्बन्धमा पनि थुप्रै भ्रमहरू सुनिएको छ | जस्तै खोप लगाए पश्चात व्यक्तिमा देखिने प्रतिकारात्मक असरहरू खोपको प्रभाकरिताको संकेत हो भन्ने भ्रम सर्वत्र सुनिन्छ | सामान्यतया खोप लगाए पछि केही व्यक्तिहरूमा हल्का ज्वरो आउने, जाडो हुने, टाउको तथा शरीर दुख्ने हुन सक्छ तर यी सामान्य असरहरू देखिदैमा आत्तिनु पर्दैन |
यस्ता सामान्य प्रतिकारात्मक असरहरू देखिएको आधारमा COVID खोप प्रभावकारी भयो र शरीरमा रोग विरुद्ध लड्ने प्रतिकारात्मक क्षमताको विकास हुन्छ भने हालसम्म कुनै भरपर्दो प्रमाणहरू पाइएको छैन | अधिकांस व्यक्तिहरूमा COVID-19 विरुद्ध दिइने खोपका कुनै पनि प्रतिकारात्मक असरहरू नदेखिए पनि शरीरमा रोग विरुद्ध प्रतिरक्षा क्षमता विकास भएको पाइएको छ |
सह-प्राध्यापक जनस्वास्थ्य, पोखरा विश्वविद्यालय
प्रतिकया दिनुहोस्