मोफसलकी युवा प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन : डा वर्षा थापा

स्वास्थ्यसमाचार /सरकारी जागिर त्यसमा पनि कमै उमेरमा उच्च तहमा पुग्नु भाग्यकै कुरा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४० वर्ष नकट्दै उपल्लो तहमा पुग्ने उच्च अधिकारीहरु छन् । स्वास्थ्य सेवातर्फका १ सय २५ जना सह-सचिवमध्ये १० जना ४० वर्ष नकटेका सहसचिव छन् । ४० वर्ष उमेर नकटदैं स्वास्थ्यका उच्च पदमा पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा वर्षा थापा पनि एक हुन ।

डा वर्षा थापा लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन् । स्वास्थ्यका ४० वर्ष नकटेका सहसचिवहरुमा उनी पनि पर्छिन् ।उनले वि सं २०७५ साउनमा ९ औं तहमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । डा थापाले विसं २०७७ भदौंमा एघारौं तहमा नाम निकालिन् र प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन भइन् ।

विसं २०४० असारमा रुपन्देहीको सिद्धार्थनगरमा जन्मिएकी हुन-डा थापा । उनको प्रारम्भिक शिक्षादीक्षा रुपन्देहीमै अगाडि बढेको हो । त्यहीको वुद्धज्योति माविबाट उनले २०५५ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् ।

त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलबट उनले सन् २००० मा आईएस्सी पास गरिन् । त्यसपछि उनी बिडिएस पढ्नका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा गइन् । सन् २००२ बाट बिडिएसको अध्ययन सुरु गरेकी उनले सन् २००८ मा अध्ययन सकिन् ।

सन् २०११ मा उनले चीनबाट एमडी गर्नका लागि नेपाल सरकारको छात्रवृत्ति पाइन् । चीनबाट अर्थोडेन्टीष्टमा माष्टर्स गरेर सन् २०१४ मा उनी नेपाल फर्किइन् । डा। वर्षाले नेपाल फर्केपछि उनले खुल्लातर्फ लोकसेवा पास गरिन् ।

सुरुमा नवौं तहबाट सरकारी सेवामा अग्रसर भएकी उनी पछि ११ औं तहमा नाम निकालिन् । उनी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन् । दुवै प्रयासमा लोकसेवामा सफलता पाएकी उनी लोकसेवामा सुरुमा अप्ठ्यारो लागेपनि पढ्दै गएपछि सहजता आउने बताउँछिन् ।

‘मेरो अनुभवमा पहिलो पटक लोकसेवा गाह्रो हुन्छ । नीति नियमहरु अप्ठ्यारा लाग्छन्,’ उनले सुनाइन्, ‘निरन्तर र नियमित समय दिए पढ्ने हो भने लोकसेवा पास गर्न सकिन्छ ।’ सरकारी सेवामा पनि उनले मिश्रित अनुभव रहेको छ ।

‘धेरैले सरकारी जागिरमा अवसर देख्दैनन्,’ उनी भन्छन्, ‘तर, सरकारी सेवामा चाहना राख्यो भने गर्न सकिने धेरै ठाउँहरु छन् ।’ उनी पोजेटिभ सोचाइ राख्ने र केही गर्न चाहने मान्छेहरु सरकारी सेवामा आएमा धेरै सुधार गर्न सकिने बताउँछिन् । सरकारी सेवामा २ वर्ष बिताएकी डा। थापा विसं २१०० असारमा अवकास पाउनेछिन् ।हेल्थआवाजबाट सभार।

सम्बन्धित शिर्षक :