ओमिक्रोन प्रजातिसंग कति डराउने :डा रबिन्द्र पान्डे

-अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन ।
– अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो।हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ ।त्यसमा ओमिक्रोन पनि मिसिएको छ। तर अति न्यून
– अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् । तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ ।
– कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले हालसम्म कम प्रभावित गरेको छ ।यसको अर्थ खोप तथा संक्रमणबाट प्राप्त एन्टिबोडीले काम गर्दछ।
– भारतका बिज्ञ समुहले जनवरीदेखि फेब्रुअरीसम्म तेस्रो लहर आउन सक्ने र फेब्रुअरीमा तेस्रो लहर पिकमा पुग्ने अनुमान गरेका छन् ।
– नेपालमा देखिएका २ जना संक्रमित सामान्य लक्षण हुँदै संक्रमणमुक्त भएका छन् । ती २ जनाको सम्पर्कमा आएका ७८ जनामा ओमिक्रोन प्रजाति नदेखिनुको अर्थ डेल्टा प्रजातिजस्तो सर्ने दर पनि यसको त्यति तीब्र छैन ।
– ओमिक्रोन नयाँ प्रजाति भएको तथा यसको पर्याप्त अध्ययन र फैलाबट नभएको हुँदा भविष्यमा कुन रुप लिने हो भन्ने कुरा अझै स्पष्ट भएको छैन | यसको विस्तृत विवरणको लागि करिब १ महिना कुर्नुपर्ने हुन्छ ।
– नेपालमा खोप कार्यक्रम हाल निकै सुस्त छ | खोप स्टकमा थन्किएका छन् ।कुन बर्ग र स्थानमा खोपको पहुँच कम छ, खोजि खोजि खोप लगाउनु जरुरी छ ।त्यस्तै बालबालिकामा खोप लगाउनको लागि पर्याप्त खोप तुरुन्त ल्याउनु जरुरी छ । जोखिम बर्गमा रहेका पेशा र व्यक्तिलाई बुस्टर डोज सुरु गर्नु जरुरी छ ।
– सिमाना तथा एयरपोर्टमा कडाई तथा क्रस परिक्षण, क्वारेन्टिन तथा जनस्वास्थ्यका मापदण्डमा कडाइ नगर्ने हो भने कमजोर भएपनि जोखिम बर्गलाई असर गर्न सक्दछ ।तसर्थ यसको रोकथाम तथा उपचारको लागि सरकार तयारीका साथ बस्नु जरुरी छ ।
– मेडियाले आफ्नो समाचार बिकाउने नाममा डरलाग्दा र अतिरंजित समाचार दिनु हुँदैन । दिएपनि हामीले त्यो पढ्नु / हेर्नु हुँदैन। मुसोलाई हात्ती तथा हात्तीलाई मुसो बनाएको हामीले बुझ्नुपर्दछ ।
– संक्षेपमा, ओमिक्रोनसंग डराउनु पर्दैन ।हामी नागरिकले खोप लगाउने, मास्कलाई सहि तरिकाले लगाउने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको खुला ठाउँमा मात्र भेटघाट गर्ने लगायत गर्यौं भने यसबाट बच्न सकिन्छ।
– सरकार तथा नागरिकले आआफ्नो कर्तब्य पुरा गर्ने हो भने संक्रमण फैलिने / लकडाउन हुने / अस्पतालमा चाँप हुने आदि हुँदैन ।हामीले लापरबाही कत्ति पनि गर्नु हुँदैन | सानो गल्तीले पनि महँगो मुल्य चुकाउनु पर्ने अवस्था सिर्जना गर्नु हुँदैन ।पान्डे जनस्वास्थ्य बिज्ञहुन ।

सम्बन्धित शिर्षक :