रङहरूको पर्व होली खेल्नु अघि के-के कुरामा ध्यान दिने ? जानौं

स्वास्थ्यसमाचार/ हाम्रो देशमा दुई दिन होली मनाउने गरिन्छ । पहाडी क्षेत्रमा पुर्णमाको दिन भने त्यस्को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन छ त्यस अनुसार  फागु पूर्णिमा, को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन  अनुसार आज अर्कालाई रङ र अबिर लगाएर मनाइँदैछ ।

आजको दिन खुसी बाँड्नका लागि एक अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको छ । आजको दिन रङहरूमा रङ्गिदै साथीभाइबीच रहेको तिक्तता पनि बिर्सने गरिन्छ ।तर, रङहरूको पर्व होलीमा खेलिने रङ र अबिर राम्रो भएन भने त्यसले छालालाई नोक्सानी गर्न सक्छ ।

विभिन्न रङमा खेलिने होलीमा प्रयोग हुने तीनै रङ शरीर र छालामा लगाउनु अघि केही सावधानी भने अपनाउन आवश्यक छ । अन्यथा छालामा घाउ हुने, दाग बस्ने, डन्डीफोर हुने जस्ता समस्या देखिन सक्छ ।त्यसकारण सामान्य सावधानी अपनाउन सके होलीमा कुनैपनि डरबिना रङमा खुसीले रङ्गिन सकिन्छ ।

होली खेल्नु अघि ध्यान दिऔं यी कुरामाः

१- होलीको रङमा रङ्गिनु पूर्व आफ्नो शरीरमा मज्जाले मोस्चराइजर क्रिम लगाउनु फाइदाजनक हुन्छ । यसले छालामा रङ लागे पनि असर कम गराउन सहयोग गर्छ ।

२ -रङमा प्रयोग गरिने केमिकलबाट बच्नका लागि नरिवलको तेल पनि निकै फाइदाजनक हुन्छ ।

३-होलीको दिन रङ खेल्नुअघि पूरा बाहुला कपडा लगाउनु राम्रो हुन्छ । तर, पूरै टाइट फिटिङ कपडा नलगाई खुला भएको ड्रेस छनोट गर्नुपर्छ । यसले गर्दा रङ शरीरको सम्पर्कमा पुग्न पाउँदैन र हानि पनि कम हुन्छ ।

४- कालो, सेतो र हरियो रङ बढी हानिकारक मानिन्छ । किनकि, यी रङमा केमिकल बढी प्रयोग गरिन्छ । त्यसैले हलुका रङमा नै रमाउनु फाइदाजनक हुन्छ ।

५-सुख्खा रङको दाँजोमा गिलो रङ बढी खतरनाक हुन्छ । यस्तोमा सफा पानी तथा सुख्खा रङले होलीको मज्जा लिनु राम्रो हुन्छ ।

६- यदि कुनै रङको एलर्जी छ भने सोसँग टाढा नै रहनुपर्छ । या त कुनै चिकित्सकसँग पहिला नै सम्पर्क गरेर आवश्यक एन्टिएलर्जीक औषधि सेवन गर्ने तथा अन्य उपाय अबलम्बन गर्न सकिन्छ ।

७-होली खेल्दै गर्दा सबैभन्दा बढी रङ कपालमा लाग्ने गर्छ । त्यसैले कपालमा नरिवलको तेलले राम्रोसँग मसाज गर्नुपर्छ । सकेसम्म कपाललाई कुनै सलले बाँधेर जोगाउन पनि सकिन्छ । तेल लगाएर होली खेल्दा कपालमा लागेको रङ सजिलैसँग पखाल्न सकिन्छ ।

८- आँखालाई रङबाट जोगाउनका लागि चस्मा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित शिर्षक :