शुद्धोदन ७ पूर्ण खोप पूर्ण संस्थागत प्रसूति र बालविवाह मुक्त वडा घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ७ बालविवाह मुक्त वडा घोषणा, पूर्ण खोप दिगोपना सुनिश्चितता घोषण, पूर्ण संस्थागत प्रसूति सेवायूक्त वडा घोषणा भएको छ।

शुद्धोदन गाउँपालिका ७का वडा अध्यक्ष भीम नारायण चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले गर्नू भयो।

शुद्धोदन गाउँपालिका ७ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ।स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताउदै। धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको स्थानीयहरु बताउँछन्।

उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा,बालविवाह मुक्त वडा घोषणा, पूर्ण खोप दिगोपना सुनिश्चितता घोषण, पूर्ण संस्थागत प्रसूति सेवायूक्त वडा घोषणा गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष भीम नारायण चौधरीले बताउनुभयो।

यस अमूल्य परिवर्तनमा विशेष भूमीका खेल्ने सुनगाभा सामुदायिक विकास केन्द्र स्ट्रोम फाउण्डेशन नेपाल र सिर्जनशील संस्था नेपाल (सिन) लगायतका सामाजिक संघसंस्थाहरूलाई धन्यवाद दिदै सामाजिक संस्कार र सामाजिक परम्पराको अन्त्य गर्दै बालविवाह रोकथाम, बालश्रम न्यूनीकरण, लैंगिक हिंसा तथा छुवाछूत मुक्त समाज निर्माणमा रास्कोट सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो।

शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले हाम्रा सबै बालबालिका विद्यालयको गुणस्तरीय शिक्षामा केन्द्रित गर्न सकेमा हाम्रो शुद्धोदनमा धेरै बालविवाह घट्ने निश्चित रहेको बताउनुभयो।

शुद्धोदन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले २० वर्ष पुगेपछि मात्र बिवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिनुभयो । उहाँले बालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा वडा न ५ः को वडा अध्यक्ष चन्द्रभान चौधरी,वडा नः ६ को वडा अध्यक्ष उपेन्द्र सहानी,सुनगाभा सामुदायिक विकास केन्द्रका उपाध्यक्ष हेमा बेलबासे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

भने शुद्धोधन गाउँपालिकाको ७ नं. वडाको कार्यालय वडाले बालविवाह मुक्त घोषणा गर्नमा विशेष सहयोग पुर्याउने सामाजिक संघसंस्थाहरूलाई कदर पत्रसहित सम्मान समेत गरिएको थियो।शुद्धोदन गाउँपालिकाको ७ नंः वडा कार्यालयको आयोजनामा र शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकाडीको संरक्षकमा भएको कार्यक्रम मानमटेरिया साथी संजाल र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा सम्पन्न कार्यक्रमको सञ्चालन मानमटेरिया साथी संजाल अध्यक्ष सिर्जना चौधरीले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :