वैज्ञानिक भन्छन् – मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

एजेन्सी /अब क्यान्सर निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्धार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएको पाए ।

डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्सिटिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्धार क्यान्सरका १८ जना बिरामीहरुलाई सोहि औषधि दिइएको थियो । उपचारको परिमाण स्वरुप, सबै बिरामीहरुमा क्यान्सर पुरै किसिमले उन्मूलन भएको छ । इन्डोस्कोपी, एमआरआई स्क्यान र पाेजिट्रन एमिशन टोमोग्राफी जस्तो अन्य परिक्षण गर्दा पनि कसैमा क्यान्सर पाइएन ।

न्यूयोर्कका मेमोरियल स्लोन केटरिंग क्यान्सर सेन्टरका डा. लुइस ए डियाज जेले यो क्यान्सरको इतिहासमा पहिलाे पटक भएका बताएका छन् । परीक्षणका क्रममा बिरामीहरुले ६ महिनासम्म प्रत्येक तीन सातामा औषधी सेवन गरेको खुलासा भएको छ । ती सबै बिरामीहरुको क्यान्सर मलद्वारमा उस्तै चरणमा थियो तर फैलन पाएको थिएन ।

न्यूयोर्क टाइम्सका अनुहार हालसम्म क्लिनिकल ट्रायलमा रहेका अन्य बिरामीहरुले केमोथेरापी, रेडिएसन र आक्रमक शल्यक्रिया गर्नुपर्दथ्याे । जसकारण आन्द्रा, पिसाब र यौन रोग पनि हुने संभावना थियाे । तर यी १८ जना बिरामीहरूले न केमोथेरापी, न रेडिएसन र न त शल्यक्रिया नै गर्नुपर्याे । यसैगरी अर्को चरणका रुपमा यी बिरामीहरुलाई अन्य रोगको परीक्षणकालागि लगिएको थियो । तर उनीहरुलाई थप कुनै उपचारको आवश्यकता थिएन ।

क्यान्सरका बिरामीहरुले सामान्यतया कठिन उपचार गनुपर्ने हुन्छ । जसमा सर्जरी, किमोथेरापी र रेडिएसन पर्दछ । मलद्धारको क्यान्सरको विषयमा केहि बिरामीहरुलाई कोलोस्टाेमी ब्यागको पनि आवश्यकता पर्छ ।

विशेषज्ञहरुले विश्वमा सबै बिरामीहरु निको भएको यो अनुसन्धान पहिलो भएको बताएका छन् । सबै बिरामीहरुले परीक्षणको समयमा ठुलो समस्याहरु भोग्न नपरेका कराण पनि परीक्षण प्रभावकारी भएको उनीहरुले बताए । यसकासाथै यस औषधिको कुनै पनि साइड इफेक्ट देखिएको छैन ।

डोस्टारलिमेब एक मानोक्लोनल औषधि हो, जुन शरिरमा एन्टिबडीका रुपमा काम गर्दछ ।मोनोक्लाेनल एन्टिबडिले क्यान्सर कोषहरुको सतहमा पीडी 1 नामक विशेष प्रोटिनका साथ मिलेर काम गर्दछ । याे प्रतिरोधात्मक क्षमतालाई क्यान्सर कोषहरुको पहिचान गरेर नष्ट गर्नमा प्रभावकारी मानिन्छ ।

अमेरिकामा डोस्टरल्याब ५०० एमजीको मूल्य करिब ११ हजार डलर पर्दछ । यसैगरी बेलायतमा प्रत्येक डोज पाँच हजार ८८७ पाउण्डमा पाईन्छ ।

 

सम्बन्धित शिर्षक :