डा. प्रकाश थापा भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त

स्वास्थ्यसमाचार /भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।

वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका हुन् ।

नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो । यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. अजित रायमाझी रहेका थिए ।

सम्बन्धित शिर्षक :