३४ करोडको लगानीमा सिद्धार्थनगरनगर सिटी अस्पतालको अत्याधुनिक सुबिधा सम्पन्न भबन बन्दै

स्वास्थ्यसमाचार सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको अस्पतालले जनाएको छ। १९ करोडको लगानीमा सुबिधा सम्पन्न र आधुनिक भबन १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी ३४ करोडको परियोजना अघि बढेको अस्पतालले जनाएको छ । नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको भुकम्पन्न प्रतिरोधी हुने छ जस्मा अन्डरग्राउन्ड पार्किङ अध्याधुकि बिद्युतीय लिफट् साधरण र आकस्मीक सिढीसहितको ५ तले भबनको मात्र कुलक्षेत्रफल ५२ हजार रहने छ । नयाँ भबनमा प्रयाप्त भेन्टीलेसन लाईट आर्कषक गाडेन सहितको स्वच्छ बाताबरणमा मेडिटेशन…

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…

रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक

स्वास्थ्य समाचार विश्व रत्तदाता दिवसको अवसरमा बुटवल दिवसको औचित्यका विषयमा आज बुटवलमा अन्तरक्रिया गरिएको छ ।‘स्वथ्य रगत सवैका लागि’ भन्ने नाराका साथमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र रक्त सञ्चार सेवा केन्द्र बुटवलको आयोजनामा रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलमा भएको कार्यक्रममा रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक रहेको बताए । उनीहरुले रत्तदान गर्दा स्वस्थ्यमा असर पर्छकी भन्ने डरले रत्तदान गर्न पछि पर्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्न पनि नयाँ खालको जागरणको अवस्यकता औँलाए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण…

मृगौला पींडित मनुद्धारा सहयोगको अपिल

स्वास्थ्यसमाचार मृगौला पींडित पाल्पाकी मनु रानाले सहयोगको याचना गरेकी छन् । पाल्पा रिब्दीकोट गाउंपालिका वडा नम्बर २ देउरालीकी मनु रानाको दुवै मृगौला फेल भएका छन् । दुवै मृगौलाले काम गर्न छोडेपछि ३६ वर्षिय रानाले उपचारको लागि सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेकी छन् । स्वास्थ्यचौकीदेखि विभिन्न अस्पतालहरुले दुवै मृगौला फेल भएको प्रमाणित गरेपछि अहिले उनको बुटवलको रामनगरस्थित गौतमबद्ध सामूदायिक मुटु अस्पतालमा उपचार भैरहेको छ । उनले हप्ताको दुई दिन सोही अस्पतालमा डाइलोसिस गर्दै आएकी छन् । गत बैशाखको दोस्रो सातादेखि बुटवल उपमहानगरपालिका वडा नम्बर १२ कलुवामा बसी मनु रानाले मुटु…

सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे । विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको रुपमा कार्यरत उमेरको हदबन्दी पुगेर बिदाई हुनहुने ३ स्ंवयसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप नगद २० हजारका दरले सम्मान गरिएको छ । जसमा महिला स्वास्थ्य स्वंयसेविका वडा न९ बाट पवित्रा चापागाई,वडा नं ११ बाट चन्द्रकला ज्ञवाली र…

पर्रोहा हेल्थपोष्टमा डाक्टरसहितको सेवा सुरु

स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाको पर्रोहा हेल्थ पोष्टमा पहिलो पटक मेडिकल अफिसर सहितको सेवा सुरु भएको छ । स्वास्य सेवा बिभाग काठ्माण्डौबाट दुई बर्षको करार सेवामा डा प्रकाश खरेल सैनामैनाको पर्रोहा हेल्थ पोष्टमा आएका छन । हेल्थ पोष्टमा आएका डा.प्रकाश खरेललाई सैनामैनामा एक औपचारिक कार्यक्रम गरी स्वागत गरिएको हो । स्वागत गर्दै सैनामैना नगरपालिकाका मेयर चित्र कार्कीले जनताको स्वास्थ्य चेकजाचमा प्रभावकारी ढंगले सेवा गर्न आग्रह गरे । सैनामैना नगरपालिका भित्र शिघ्र रुपमा आखा अस्पताल, प्राकृतिक चिकित्सालय र सर्पदंश उपचार केन्द्र संसंचालनमा आउन लागेको बताउदै सैनामैना नगरपालिका भित्र स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी…

जनताहरुलाई गुणस्तरीय स्वास्थ्यसेवा दिनुस :मन्त्री गिरी

स्वास्थ्यसमाचार राष्ट्रिय स्वास्थ्यकर्मी सघ नेपाल रुपन्देही ले १४ औ स्थापना दिवसको अबसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम मा रहेका अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण ,उपचार ,लत्ता कपडा र शैक्षिक सामग्रिहरु बितरण गरेको छ । कार्यक्रममा प्रमुख प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ले सङघ एक ढिक्का भयेर अघि बढन र सकारात्मक रचनात्मक काम गर्न र सबै जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिए । संघका रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पोखरेल को अध्यक्ष तथा प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ज्युको प्रमुख आतिथ्यतामा…

वालिङमा डायलाईसिस सेन्टर संचालन हुने

स्वास्थ्यसमाचार मृगौलाको डायलाईसिस सेवा लिन बुटवल तथा पोखरा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाको वालिङमा डायलाईसिस सेन्टर संचालन हुने भएको छ । डायलाईसिस सेन्टर संचालनको लागि वालिङ नगरपालिका र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा सनिवार सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खांड र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हस्ताक्षर गर्नु भएको छ । वालिङ नगरपालिका वडा नंं १० मा रहेको सरकारी भवन (फुलवारी गेष्ट हाउस) मा रोटरी सामुदायिक डायलाइसिस सेन्टर, वालिङको नामबाट संचालन गरिने सेन्टरको लागि नगरपालिकाले अस्पताललाई उक्त…

रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई

स्वास्थ्यसमाचार रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए। उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै भन्दा ठूलो धन हो भन्दै नया भवनको शुभारम्भ संगै आम नागरिकलाई गुणस्तरिय सेवा दिन सके सबै भन्दा ठूलो पुण्य काम हुने वताए। कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको समृद्धिको लागि स्थानिय जनताहरु संगको सहकार्यलाई…

गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

स्वास्थ्यसमाचार गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल मेलान गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मी जिल्ला अध्यक्ष केपी भण्डारीले वताए । सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले  वताए । कार्यक्रममा वडाध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षता र मेलान जिल्ला अध्यक्ष केपी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । सुगर परिक्षण गर्दा सुगर भेटिएका ३४ जनालाई जिल्ला अस्पत्ताल तम्घास रेफर गरिएको छ । संस्थाले गत बर्ष पनी…